०६ जेठ २०८२, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, मंसिर २९, २०७७

सप्तरी – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाहीका नेता ध्रुव गौतमको निधन भएको छ। लालबन्दी नगरपालिका–१७ साहेबगन्ज टिकुलिया निवासी नेकपा जिल्ला कमिटी सदस्य गौतमको आज (सोमबार)मध्यान्ह आफ्नै निवासमा निधन भएको हो।

५८ वर्षीय गौतम लामो समयदेखि ब्रेन ट्युमर रोगबाट ग्रसित थिए। परिवारले उनलाई दुई वर्षदेखि निरन्तर उपचार गराइरहेका थिए। तत्कालीन नेकपा एमालेका जिल्ला कमिटी उपाध्यक्ष भइसकेका गौतम २०७४ सालको निर्वाचनमा सर्लाहीको क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यको प्रत्यासीसमेत हुन्।
उनको पार्थिव शरीरलाई आजै साँझ बागमती खोलामा लगेर अन्त्येष्टि गरिने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला अध्यक्ष रेवती पन्तले जानकारी दिए। अध्यक्ष पन्तले आज दिउँसो एक विज्ञप्ति जारी गर्दै नेता गौतमको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ।

विज्ञप्तिमा गौतमको निधनप्रति शोक मनाउन पार्टीले तीन दिनसम्म जिल्लाका सबै तहका पार्टी कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने, औपचारिक रूपमा पार्टीको कुनै पनि कार्यक्रम नगर्ने, पार्टी कार्यालय तथा सार्वजनिकस्थलमा शोक पुस्तिका राखी श्रद्धाञ्जली व्यक्त गर्ने र १३ औँ पुण्य तिथिको दिन गौतमको निवासमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]