०५ साउन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, मंसिर २९, २०७७

सप्तरी – वाग्मती प्रदेश सरकारले ऊर्जा किफायती विद्युतीय बस व्यवस्थित र प्रभावकारीरुपमा सञ्चालन गर्नका लागि प्रदेश यातायात सञ्चालन तथा व्यवस्थापन बोर्डको कार्यालय स्थापना गरेको छ ।
प्रदेश सरकारले स्थापना गरेको बोर्ड कार्यालयको हेटौँडामा सोमबार आयोजित एक कार्यक्रमकाबीच उद्घाटन गरियो । कार्यालयको उद्घाटन वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वार फुयाँलले गरे ।उद्घाटन कार्यक्रममा मन्त्री फुयाँलले वाग्मती प्रदेश सरकारले विसं २०८५ वैशाखसम्म खनिज इन्धनजन्य यातायातका सवारी साधनलाइ विस्थापित गरी प्रदूषणरहित तथा नीकरणीय ऊर्जामा आधारित यातायात सेवा सञ्चालनमा ल्याउने योजना अघि बढाएको जानकारी दिए ।उनले सबै स्थानीय तहसँग सहकार्य गरी आवश्यक स्थानमा पुनरभरण केन्द्र (चार्जिङ स्टेसन), रिफ्रेस सेन्टर र व्यवस्थित बसपार्क स्थापना गरी विद्युतीय र नवीकरणीय ऊर्जाबाट सञ्चालन हुने बसको उचित व्यस्थापन गरिने जानकारी दिए ।पहिलो चरणमा काठमाडौँको रिङ रोडका साथै काठमाडौँ–मकवानपुर सडकखण्डलाई प्राथमिकतामा राखी विद्युतीय बस सेवा सञ्चालनको योजना अघि बढाउने मन्त्री फुयाँलले जानकारी दिए ।सोही अवसरमा भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव एवं प्रदेश यातायात सञ्चालन तथा व्यवस्थापन बोर्ड सञ्चालन समितिका अध्यक्ष सञ्जिव बरालले यातायात क्षेत्रलाई अब प्रदेश सरकारमार्फत सञ्चालन गर्ने अवधारणाअनुरुप बोर्ड गठन गरिएको बताए ।उनले हाल सञ्चालन भइरहेको यातायात प्रणालीलाई व्यवस्थापन गर्न नसकिएको अवस्थामा बोर्डले त्यसको सहज व्यवस्थापन गर्ने धारणा राखे । उनले निश्चित समयभित्र खनिज इन्धनबाट चल्ने सवारीलाई विस्थापित गर्दै विद्युतीय सवारीलाई प्राथमिकता दिने प्रदेश सरकारको दीर्घकालीन लक्ष्यलाई क्रमशः कार्यान्वयन गर्दै सफल बनाउन बोर्डले भूमिका खेल्ने बताए ।कार्यक्रममा प्रदेश यातायात सञ्चालन तथा व्यवस्थापन बोर्डका नवनियुक्त निमित्त कार्यकारी निर्देशक डा सहदेवबहादुर भण्डारीले प्रदेशमा सञ्चालन हुने यातायातलाई व्यवस्थित गर्न बोर्ड गठन गरिएको बताए ।

उनले बोर्डमा विभिन्न तहमा गरी १७ जना जनशक्ति परिचालन हुने जानकारी दिए । भण्डारीले बोर्डले यातायातको व्यवस्थापन गर्ने तथा विशेषगरी विद्युतीय सवारी सञ्चालनलाई प्राथमिकता दिने बताए । प्रदेश सरकारले प्रदेशभरी विभिन्न सडक रुटमा ३० भन्दाबढी बिद्युतीय बस सञ्चालन गर्ने योजना अघि बढाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]