०६ आषाढ २०८१, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, मंसिर २९, २०७७

सप्तरी – आमनागरिक र जनता माहामारीको संकटमा हुँदा देशमा बेथिती र भ्रष्टाचार बढाउँदै लगेको नेपाल कम्युनिस्ट पार्टी नेकपा नेतृत्वको सरकारलाई प्रतिक्षीदल नेपाली कांग्रेस सडकमा ओर्लिएर चुनौती दिएको छ। सोमबार देशव्यापीरुपमा विरोध प्रदर्शन गर्दै नेपाली कांग्रेसले सरकारलाई सही मार्गमा हिड्न चुनौती दिएको हो।

यसैबीच सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लामा विरोध सभालाई नेपाली कांग्रेसका नेता गगन थापाले सम्बोधन गरेका छन्। विरोध सभालाई सम्बोधन गर्दै नेता थापाले ७ वटा प्रदेशमध्ये ६ वटामा प्रदेश सरकार, ४ सयभन्दा बढी स्थानीय सरकार भएपनि सर्वसत्तावादी सरकारले जनताको पक्षमा सिन्को पनि नभाँचेको बताए। उनले भने, ‘सरकार शक्तिशाली छ, तर जनतालाई शक्तिशाली बनाउनका लागि एउटा पनि काम गर्न सकेको छैन्, यस्तो नालायक सरकार मुर्दाबाद।’ नेता थापाले सरकारले कहिले पूरा नहुने कुरामा देश र जनतालाई झुक्याउने गरेको बताए। नेता थापाले भने, ‘कहिले पूरा नहुने कुरामा देश र जनतालाई झुक्याउँछ। यस्तो हावादारी सरकार मुर्दाबाद।’सरकारविरुद्ध देशव्यापी रुपमा आज नेपाली कांग्रेसले ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरिरहेको छ। विरोध प्रदर्शनका क्रममा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल जिन्दावाद जिन्दावाद, नेपाली कांग्रेस –जिन्दावाद जिन्दावाद, सर्वसत्तावादी ओली सरकार –मुर्दावाद लगायतका नारा कांग्रेसले लगाएको छ।

यसैगरि दुर्व्यवहार–अपमान र अत्याचार, बढ्यो महिला हिंसा र बलात्कार –अकर्मण्य भो ओली सरकार लगायतका नाराहरु समेत लागेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]