१० बैशाख २०८१, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, मंसिर २९, २०७७

सप्तरी – पार्किङ गरि राखिएका मोटरसाइकल चोरी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौंको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो।सिन्धुली हरिहरपुरगढि गाँउपालिका वडा नम्वर ६ क्यानखोला घर भएका २१ वर्षीया प्रकाश तामाङ, तिनपाटन गाँउपालिका वडा नम्वर ५ भिमस्थान घर भएका ३२ वर्षीया अम्मर तामाङ,ओखलढुङ्गा चम्पादेवी गाउँपालिका वडा नम्बर ६ घर भएका वर्षीय भोला थापालाई र जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नम्वर ८ घर भएका २० वर्षीया सुरेश तामाङलाई नियन्त्रणमा लिएको हो।२०७६ माघ १० गते नैकाप काठमाडौंबाट बा ९४ प ४४६९ नम्बरको मोटरसाईकल हराएको प्रहरीमा निवेदन गरेको थियो। हुलिया सहितको निवेदन दिएकोमा महाशाखाबाट सादा पोशाकको प्रहरीले नयाँबसपार्क सडक खण्डमा चेक जाँच गर्ने क्रममा नम्बर प्लेट परिवर्तन गरि चलाएको पल्सर १५० सिसिको बा ८९ प १७७६ नम्बरको मोटरसाईकल फेला परेपछि उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

काठमाण्डौका सार्वजनिक स्थल र एकान्तमा पार्किङ्ग गरि राखिएका मोटरसाईकलहरु चोरी हुने गरेको तथ्याङ्कबाट देखिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]