१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, मंसिर २९, २०७७

सप्तरी – काभ्रेको पाँचखालबाट ३८ तोला सुन चोरी गरेर भागेका ५ जना काठमाडौँको ठमेलबाट पक्राउ परेका छन् । उनीहरुलाई ठमेलस्थित ड्रागन डिस्कोबाट पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त लैनचौरले जनाएको छ ।

ओखलढुंगा सिद्धिचरण नगरपालिका–५ का २७ वर्षका देवराज दाहाल, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–११ का २४ वर्षका रामचन्द्र चालिसे, काभ्रे धुलिखेल नगरपालिका–१ का २३ वर्षका राम तामाङ, धुलिखेल–७ का १८ वर्षका हुइबहादुर तामाङ र धुलिखेल–१ का १८ वर्षका राजन तामाङ पक्राउ परेका हुन् ।शनिबार पाँचखाल नगरपालिका–२ की माइली तामाङको घरबाट गहना चोरेर भागेका पाँच जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका पवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रमेश बिष्टले जानकारी दिए । तामाङको घरबाट गहना र पैसा हराएपछि प्रहरीले उनीहरुको खोजी गरेको थियो ।

दाहालको साथबाट सुन जस्तो देखिन पहेलो धातुका विभिन्न तयारी गहना २३७ ग्राम भेटिएको बिष्टले बताए । यस्तै बिष्टका अनुसार चालिसको साथबाट सुन जस्तो देखिन पहेलो धातुका विभिन्न तयारी गहना २१० ग्राम भेटिएको हो । राजन तामाङ मुख्य चोरी कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]