सप्तरी – सर्लाहीको हरिवन नगरपालिकामा गएराती कपडा गोदाममा आगलागी हुँदा एक करोड बराबरको क्षति भएको छ ।
वडा नं ११ स्थित बजारमा रहेको कैलाश साह, सञ्जय साहको कपडा गोदाम, कमल कार्कीको घरमा र महेश साहले सञ्चालन गर्नुभएको कपडा पसलमा आगलागी हुँदा एक करोड भन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।गएराती १२ः४० बजेको समयमा कपडा गोदाम र पसलमा आगलागी भएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानियवासी र बारुण यन्त्रणको सहयोगमा राती २ः२० बजेको समयमा आगो नियन्त्रणमा आएको थियो ।
घरमा आंशिक रुपमा र कपडा पसल पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलगी कसरी भयो भन्ने यकिन हुन सकेको छैन