०५ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, मंसिर २९, २०७७

सप्तरी – मदिरा पिउन ५० रुपैयाँ नदिँदा कपिलवस्तुमा एक व्यक्तिले फुपुको हत्या गरेको खुलेको छ । पक्राउ पर्नेमा जिल्लाको शिवराज नगरपालिका–५ स्थित मकबुल मियाँको घरमा डेरा गरी बस्ने २३ वर्षीय तोरणबहादुर खड्का रहेका छन् ।

गत मंसिर २७ खड्का र उनकी फुपु ५९ वर्षीया सुशीला खड्काले गते राति ९ बजेसम्म घर पछाडीसँगै बसेर मदिरा सेवन गरेको र थप मदिरा किन्न जानका लागि फुपुसँग ५० रुपैयाँ मागेको तर फुपुले दिन नमानेपछि हत्या गरेको खुलेको हो ।आइतबार घरपछाडी रक्ताम्मे अवस्थामा शव छ भन्ने सूचना आएको र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी प्रमुख एसपी नवराज अधिकारीसहितको टोली घटनास्थल पुगेर अनुसन्धान गरेको थियो । प्रहरीका अनुसार खड्काले ईटा र मसला पिस्ने सिलौटोले प्रहार गरि हत्या गरेको खुल्न आएको छ ।प्रहरी निरीक्षक प्रेम प्रसाद रेग्मीका अनुसार तालुक कर्णाली प्रदेश केनाई शाखा बाँकेबाट जम्बो नामक तालिम प्राप्त कुकुर झिकाई आइतबार विहान ६ बजेको समयमा घटना स्थलको अनुसन्धान गर्दा खड्काले फुपुको हत्या गरेको खुल्न आएको हो ।

खड्कालाई नियन्त्रणमा लिइ सोधपुछ गर्दा उनले आफुहरु दुबै जना मदिरा सेवन गरेर बसेको र थप पिउनका लागि फुपुसँग ५० रुपैयाँ आफुले मागेको तर नदिए पछि ईटा र मशाला पिस्ने सिलौटाले टाउकोमा प्रहार गरि हत्या गरेको स्वीकार गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]