०६ आषाढ २०८१, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, मंसिर २९, २०७७

सप्तरी – विराटनगर महानगरपालिका– ४ इक्राहीस्थित सडकमा गुडिरहेको ट्याक्टर एक्कासी नहरमा खस्दा भएको दुर्घटनामा परेर आइतबार राति चालकको मृत्यु भएको छ ।

इक्राहीस्थित भित्री सडक खण्डमा दक्षिणतर्फ जाँदै गरेको अनटेस्ट ट्याक्टर राति १०:२० बजेतिर आफै अनियन्त्रित भएर नहरमा खसेको थियो । दुर्घटनामा चालक सुनसरीको बर्जु गाउँपालिका–६ चिमडीका ५५ वर्षीय आशाराम चौधरी गम्भीर घाइते भएका थिए । दुर्घटनामा घाइते भएपछि उपचारका लागि कोसी अस्पताल लैजाँदै गर्दा चौधरीको बाटैमा मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राकेशकुमार पोदारले जानकारी दिए ।

सडकमा गुडिरहेको ट्याक्टर नियन्त्रण गुमाएर लगभग १० फिट तलको नहरमा खस्दा दुर्घटना भएको पोदारको भनाइ छ । प्रहरीले घटनाको अनुसन्धान गरिएको जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]