०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, मंसिर २९, २०७७

सप्तरी – कञ्चनपुरको महेन्द्रनगरस्थित महेन्द्रनगर माध्यमिक विद्यालय पठनपाठन सुरु भएको ६ दिनमै बन्द भएको छ । विद्यार्थी र शिक्षकले स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाएपछि जोखिम हुन सक्ने भन्दै सोमबारदेखि विद्यालय बन्द गरिएको हो ।

महेन्द्रनगर माविमा मांसिर २२ देखि पठन पाठन सुरु भएको थियो । सोमबारदेखि पुन: बन्द गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रराज विष्टले बताए । ‘विद्यार्थीहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएनन,’ उनले भने, ‘विद्यार्थीको चाप पनि बढी छ, त्यही भएर जोखिम निम्तिनुभन्दा विद्यालय नै बन्द गर्‍यौं ।’

उक्त विद्यालयमा १६ सय बढी विद्यार्थी छन् । अब माथिल्लो कक्षाका विद्यार्थीलाई अनलाइनबाट पठनपाठन गरिने उनले बताए । विद्यालयका एक शिक्षकमा पनि कोरोना संक्रमण देखिएको छ । उनलाई विद्यालय खुल्नुभन्दा अघि नै संक्रमण देखिएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]