२२ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

सोमबार, मंसिर २९, २०७७

सप्तरी – रसुवाको बेत्रावती–मैलुङ सडकखण्डको बेत्रावतीदेखि नयाँपुलसम्मको सडक कालोपत्रेको काम रोकिएको छ । नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रले समयमै विद्युत्का पोल नहटाउँदा बेत्रावती–मैलुङ सडकखण्डको बेत्रावतीदेखि नयाँपुलसम्मको सडक कालोपत्रेको काम रोकिएको हो ।

विद्युत्का पोल नहटाउँदा बेत्रावतीदेखि नयाँपुलसम्मको तीन किलोमिटर सडकको चौडा गर्ने, नाला बनाउने, कालोपत्रे गर्ने काम रोकिएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले बताए । एक वर्षअघि नै विद्युत् स्थानान्तरणका लागि आवश्यक रकम नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रलाई दिइसकेको भए पनि हालसम्म उक्त विद्युत्का पोलहरू स्थानान्तरण नभएकोसमेत उनले बताए । ‘सुरुमा छिटै नै विद्युत्का पोल हटाउने सहमति भए पनि हालसम्म काम भने अघि बढ्न सकेन,’ उनले भने । आयोजनाले नुवाकोटको गेर्खुदेखि बेत्रावतीसम्म सडकको कालोपत्रे गर्दै आएको छ । रसुवातर्फको सडकको कालोपत्रेको काम भने विद्युत्को पोल नहटाउँदा सुरु हुन नसकेको आयोजनाले जनाएको छ । तर, नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रका प्रमुख कृष्णहरि दाहालले जग्गाको विवादले उक्त स्थानको विद्युत्को पोल हटाउन नसकेको दाबी गरे । अहिले विवाद समाधान भएको हुँदा अब केही दिनभित्रमा काम सम्पन्न हुने उनको भनाइ छ । ‘त्यस क्षेत्रमा जग्गा विवादका कारण विद्युत्का पोल हटाउने काम अघि बढ्न सकेको थिएन, अहिले जग्गाको विवाद समाधान भइसक्यो भन्ने जानकारी आएको छ,’ उनले भने, ‘पोल हटाउन नुवाकोट विद्युत् प्राधिकरणसँग पनि समन्वय गरेर हटाउनुपर्नेछ, केही दिनभित्रमै यो काम सम्पन्न हुन्छ ।’गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक आयोजनाले यस वर्ष गल्छीदेखि शान्तिबजारसम्म २० किलोमिटर सडक कालोपत्रे गर्ने भएको छ । हालसम्म दुई किलोमिटर सडक कालोपत्रे भइसकेको जनाएको छ । बाँकी सडकको कालोपत्रे गर्ने तयारी भइरहेकोसमेत आयोजनाले जनाएको छ ।

चीनसँगको छोटो दूरी;
बेत्रावती हुँदै मैलुङ–स्याफ्रुबेसी सडक चीनसँगको अन्तर्राष्ट्रिय नाका जोड्ने छोटो दूरीको सडक हो । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक राष्ट्रिय प्राथमिकता प्राप्त सडक आयोजना हो । यो सडक बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो छ । बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको छ । बेत्रावती–मैलुङ–स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ । पासाङल्हामु मार्गअन्तर्गत पर्ने धुन्चे खण्डमा धेरै घुम्ती पार गर्नुपर्ने भए पनि बेत्रावती–मैलुङ–स्याफ्रुबेसी सडकमा एउटा पनि घुम्ती रहेको छैन ।

गल्छीदेखि रसुवागढीसम्म पुग्न ८२ किलोमिटर दूरी पार गर्नुपर्छ । बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठिन घुम्ती पार गर्नुपर्ने भए पनि मैलुङतर्फबाट हिँड्नका लागि कुनै पनि घुम्ती पार गर्न पर्दैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]