२९ भाद्र २०८१, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर २८, २०७७

सप्तरी – नेपाल खेलकुद पत्रकार मञ्चले प्रत्येक वर्ष आयोजना गर्दै आएको स्पोर्ट्स अवार्ड पुसमा आयोजना हने भएको छ । कोरोना महामारीका कारण केही ढिला गरी ​भर्चुअल माध्यमबाट पुस २८ मा ​अवार्ड कार्यक्रम​ हुने आयोजकले जनाएको छ ।

आइतबार आयोजित एक कार्यक्रमबीच मञ्चका अध्यक्ष देवेन्द्र सुवेदी र मुख्य प्रायोजक हंसराज हुलासचन्द एण्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले अवार्ड प्रायोजनसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्दै अवार्डको मिति तय गरेका हुन् । हंसराज हुलासचन्द एण्ड कम्पनी नेपालका लागि बजाज ब्रान्डका मोटरसाइकलको आधिकारिक विक्रेता हो । मुख्य प्रयोजकले चार वटा पल्सर एनएक्स मोटरसाइकलसहित कुल २८ लाख रुपैयाँ प्रदान गर्ने सहमति भएको छ । विसं २०६२ सालबाट सुरु भएको अवार्ड अघिल्लो वर्ष कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा गरिँदै आएकोमा यसपटक भने सातदोबाटोस्थित कराँते हलमा हुनेछ । यसपटक पनि अवार्ड अघिल्ला वर्षमा झैं १० विधामा प्रदान गरिनेछ ।मञ्चका महासचिव प्रज्वल ओलीका अनुसार यसपटक पनि वर्ष उत्कृष्ट पुरुष तथा महिला खेलाडी, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपुल्स च्वाइस अवार्ड, पारा खेलाडी, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट, टिम अफ द एयर र गत वर्ष थप गरिएको इन्टर नेशनल एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड प्रदान गरिनेछ ।

अघिल्ला वर्षमा जस्तै यस पटक पनि वर्ष पुरुष तथा महिला खेलाडी, पिपुल्स च्वाइस तथा वर्ष प्रशिक्षक अवार्ड विजेतालाई पल्सर मोटरसाइकल प्रदान गरिनेछ भने अन्य विधाका विजेतालाई जनही ५० हजारसहित आकर्षक उपहार प्रदान गरिनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]