१० बैशाख २०८१, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर २८, २०७७

सप्तरी – अठार वर्षपछि लालपूर्जा पाउँदा छत्रदेव गाउँपालिका–२ बल्कोट र वडा नं ४ केरुङ्गाका बासिन्दा खुशी भएका छन् ।

सशस्त्र द्वन्द्वको समयमा विसं २०५९ मा तत्कालीन नेकपा (माओवादी)ले सदरमुकाम आक्रमण गर्दा जलेर लालपूर्जा नष्ट भएपछि जिल्ला नै नक्शाविहीन बनेको थियो । नापी कार्यालयको टोलीले पुनः नापनक्शा गरी जग्गाधनी पूर्जा वितरण गर्न शुरु गरेको हो । नापी कार्यालयले छत्रदेव गाउँपालिकाको वार्ड नं २ बल्कोटमा ६५० घरधुरी र वडा नं ४ केरुङ्गाका एक हजार १८६ जग्गा धनी दर्ता प्रमाणपूर्जा वितरण गर्न शुरु गरेको छ । लालपूर्जा लिन सहभागी भएका ७० वर्षीय हरिप्रसाद खनालले भन्नुभयो, “जग्गा भएर पनि जग्गा नभए जस्तै भएका थियौ आज लालपूर्जा पाउँदा खुशी भएका छौँ, लालपूर्जा नहुँदा बैंकमा जग्गा धितो राखेर ऋण लिन पनि सकेका थिएनौँ, अब त लालपूर्जा पायौँ हामी खुशी छौँ । ”

द्वन्द्वको समयमा नक्शाविहीन भएको अर्घाखाँचीका ३१ वडामा जग्गाधनी प्रमाण पूर्जा वितरण गर्न शुरु गरिएको नापी कार्यालयका प्रमुख नापी अधिकृत खिम रानाले बताउनुभयो । उहाँले डिजिटल प्रविधिबाट निर्माण गरिएका लालपूर्जा जिल्लाका सबै वडामा निर्माण गरिने जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]