१३ बैशाख २०८१, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर २८, २०७७

सप्तरी – नेपाली कांग्रेस कैलालीले सोमबार धनगढीमा हुने विरोध सभाको तयारी पुरा भएको जनाएको छ।

आइतबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गरी कांग्रेस कैलालीले विरोध सभाको तयारी पूरा भएको जानकारी दिइएको हो।दशैं तिहारपछि सरकारविरुद्ध आन्दोलन गर्ने नेपाली कांग्रेसको पूर्वनिर्धारित कार्यक्रम अनुसार सोमाबार कैलालीमा बिरोध प्रदर्शन गर्न थालिएको कांग्रेस कैलालीका सभापति नरनारायण शाह मनुले बताए ।उनले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको प्रहरी दमन, कोरोना रोकथाम र संक्रमितको उपचारमा सरकारको अव्यवस्था, भ्रस्टाचार लगायतका विषयमा विरोध प्रदर्शन गरिने बताए ।‘सरकारमा भ्रष्टचार र बेथिति बढ्दै गएको छ, महिला हिंसाका घटना समेत बढ्दै गएका छन्, र सरकारले यससम्बन्धमा कुनै काम गरेको छैन’ सभापति नरनारायण शाह मनुले भने।नेपाली कांग्रेसले प्रतिपक्षको भूमिका सशक्तरुपमा निर्वाह गर्न नसेको आरोप लागिरहेका बेला देशभर हुने विरोधका कार्यक्रम अन्तर्गत कैलालीमा पनि विरोधका कार्यक्रम आयोजना गर्न लागिएको उनले जानकारी दिए। सोमवार धनगढीमा कांग्रेस केन्द्रीय सदस्य गगन थापाले सम्बोधन गर्ने कार्यक्रम छ।त्यस्तै पूर्व मन्त्री रामजनम चौधरी, कांग्रेस सुदूरपश्चिम प्रदेश सभा सचेतक टेकबहादुर रैका र धनगढी उप–महानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्टले समेत विरोध सभामा सम्वोधन गर्ने छन्।
११ बजे धनगढीको चौराहाबाट सुरु हुने बिरोध र्‍याली पार्क चोकमा पुगेर सभामा परिणत हुने छ।

विरोध सभामा कैलाली जिल्लाका विभिन्न क्षेत्रबाट हजारौंको सहभागिता हुने आयोजकको दाबी छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]