०२ आश्विन २०८१, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर २८, २०७७

सप्तरी – अमेरिकामा सोमबारबाट फाइजर र बायोएनटेकले विकास गरेको कोरोना खोप लगाउन शुरु गरिने भएको छ।

खोपको पहिलो ३० लाख डोज खोप उपलब्ध भइसकेको त्यहाँका अधिकारीलाई उधृत गर्दै बीबीसीले जनाएको छ। ती खोप सबै राज्यमा उपलब्ध हुने र प्राथमिकताका आधारमा खोप दिइनेछ।

यो खोप कोरोनाभाइरसका विरुद्ध ९५ प्रतिशत प्रभावकारी भएको भन्दै फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले यसलाई सुरक्षित भएको जनाएको छ। कोरोना संकटबीच खोपले स्वीकृति पाउनुलाई निकै महत्वपूर्ण मानिएको छ।

एफडीएलाई यो खोपलाई स्वीकृति दिन दबाब परिरहेको बेला गएको शुक्रबार उसले अमेरिकामा आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो। जाडो शुरु भएसँगै अमेरिकामा संक्रमण बढेको छ।

शनिबार मात्र अमेरिकामा दुई लाख १५ हजार नयाँ संक्रमित भेटिएका छन्। दुई हजार २८६ जनाको मृत्यु भएको छ। अमेरिकामा सक्रिय संक्रमितको संख्या करीब ६६ लाख पुगिसकेका छन्। मृतकको संख्या तीन लाख पाँच हजार पुगेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]