११ बैशाख २०८२, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, मंसिर २७, २०७७

सप्तरी – चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा गौतमबुद्ध कप-२०२० क्रिकेट प्रतियोगिता सुरु भएको छ। रंगशाला निमार्णस्थलमा रहेको नमुना मैदानमा प्रतियोगिता सुरु भएको हो।

शनिबार भएको उद्घाटन खेलमा टिम नारायणी विजयी भएको छ। नारायणीले बागमती टिमलाई सुपर ओभरमा पराजित गरेको छ।

सुपर ओभरमा नारायणीले दिएको २६ रनको लक्ष्य पछ्याएको बागमतीले २० रन मात्र जोडेको थियो। सुपर ओभरमा पहिले ब्याटिङ गरेको नारायणीका करण केसीको लगातार ३ वटा छक्काको मद्दतमा २५ रन बनाए। जवाफी ब्याटिङमा आएका बागमतीका कप्तान ज्ञानेन्द्र मल्लले ३ वटा छक्का प्रहार गरे। तर बाग्मतीलाई जित दिलाउन सकेनन्।

यसअघि बाग्मतीले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको नारायणीले २० ओभरमा ९ विकेट गुमाएर १ सय १७ रन मात्रै बनाएपछि खेल सुपर ओभरमा गएको थियो। नारायणीका आरिफ शेखले सर्वाधिक ४४ रन बनाए।

पहिले ब्याटिङ गरेको बाग्मतीले ८ विकेट गुमाएर १ सय १७ रन बनाएको थियो। बाग्मतीका लागि सुनिल धमला र विक्रम सोबले समान ३७ र ३७ र रसिद खानले २७ रन बनाए। नारायणीका लागि शाहव आलमले ३ र दिपेश श्रेष्ठले २ विकेट लिए।

बाग्मती प्रदेश क्रिकेट संघको आयोजना तथा चितवन क्रिकेट संघको संयोजनमा प्रतियोगिता सुरु भएको हो। प्रतियोगितामा तीन टिम सहभागी छन्। बागमती, नारायणी र राप्तीको सहभागीता रहेको चितवन क्रिकेट संघका अध्यक्ष कैलाश प्रधानले जानकारी दिए।

पारस खड्का कोरोना संक्रमण भएपछि आइसोलेसनमा छन्। उनको सट्टामा नारायणीको कप्तानी सुवास खकुरेलले गरे। राप्तीको कप्तानी विनोद भण्डारीले लिएका छन्। प्रतियोगिता अन्र्तगत आइतबार बाग्मती र राप्ती भिड्नेछन् भने तेस्रो खेलमा राप्ती र नारायणी भिड्नेछन्। शीर्ष दुईमा रहने टोली फाइनलमा प्रवेश गर्नेछन्।

फाइनल खेल मङ्सिर ३० गते हुने आयोजकले जनाएको छ। प्रतियोगिताको उद्घाटन बागमती प्रदेश खेलकुद परिषदको सदस्य सचिव सूर्य भण्डारीले गरेका हुन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]