३१ भाद्र २०८१, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, मंसिर २७, २०७७

सप्तरी – ‘द बेस्ट फिफा मेन्स प्लेयर’ अवार्डका लागि युभेन्टसका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो, बार्सिलोनाको फरवार्ड लियोनेल मेस्सी र बायर्न म्युनिखका हिटम्यान रोबर्ट लेवान्डोस्की फाइनलिस्ट छानिएको फिफाले घोषणा गरेको छ ।

गत नोभेम्बर २५ मा ११ जना खेलाडीको सूची सार्वजनिक गरिएको थियो । तर, केभिड डि ब्रुयना, साडियो माने, किलियान एम्बाप्पे, नेयमार, सर्जियो रामोश, मोहम्मद शलाह, थियागो अल्कान्ट्रा र भर्जिल भान डायिकले अन्तिम ३ मा स्थान बनाउन सकेनन् ।रियल म्याड्रिडलाई लगातार दुई च्याम्पियन्स लिगको उपाधि दिलाए पछि रोनाल्डोले सन् २०१६ र १७ मा यो उपाधि दिएका थिए । अहिले भने उनी इटालीमा युभेन्टससँग आबद्ध रहेका छन् । मेस्सी यो उपाधिको पछिल्लो विजेता हुन् । तर, गत सिजन उनका लागि निराश रह्यो ।

यो सिजन लेवान्डोस्कीले यो उपाधि जित्ने अपेक्षा गरिएको छ । गत सिजन गोलको वर्षा गर्दै बार्यनलाई उनले लिग तथा च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनले यसअघि आफू उपाधि जित्न आशावादी रहेको बताएका थिए ।

यसको विजेता डिसेम्बर १७ मा घोषणा गरिनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]