२० मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, मंसिर २६, २०७७

सप्तरी – बिहीबारदेखि नेपाल भारतबीच ऊर्जा सचिवस्तरीय संयुक्त बैठक भइरहेको छ।

बैठक विद्युत् प्रसारण र वितरण प्रणालीमा केन्द्रित भएको बताइएको छ।आज सकिने बैठकमा ढल्केबर–मुजफ्फरपुर अन्तर्देशीय प्रसारण लाइन र बुटवल–गोरखपुर प्रसारण लाइनबारे छलफल भइरहेको छ।त्यस्तै लम्की–बरेली र इनरूवा–पूर्णिया ४०० किलोभोल्टको प्रसारण लाइनलाई पनि नेपालले प्राथमिकताका साथ उठाएको छ। बैठक कोरोना महामारीका कारण भर्चुअल माध्यमबाट भइरहेको छ। अघिल्लो बैठक भारतमा भएको थियो। ऊर्जा मन्त्रालयका सहसचिव प्रविणराज अर्यालका अनुसार ११ वटा प्रसारण लाइन र नयाँ पूर्वाधारका निर्माणका विषयमा छलफल केन्द्रित छ।बिहीबारको बैठकमा टनकपुरबाट ट्रान्सफर्मरको क्षमता बढाउन नेपालले प्रस्ताव गरेको थियो। दुवै देशको विद्युत् खपतका लागि ‘एक्सचेन्ज मार्केट’मा विषय पनि कुराकानी अगाडि बढेको अर्यालले जानकारी दिए।नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल करिब १,३६० मेगावाट विद्युत उत्पादन भइरहेको छ।अबको केही महिनामा नयाँ आयोजना सम्पन्न हुने चरणमा पुगेकोले विद्युत् निर्यातको अवस्था आउन लागेको प्राधिकरणको आँकलन छ। उच्च माग हुने साँझको समयमा बढीमा १,२८० मेगावाट विद्युत् खपत हुने प्राधिरणको भनाइ छ। तर हिउँदको समयमा नदीको वहाव घटेर उत्पादन घटेकोले अहिले भारतबाट आयात गर्नुपरेको प्राधिकरणले जनाएको छ।

नेपालले हाल ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनमार्फत बढीमा ३५० मेगावाट विद्युत् आपूर्ति गरिरहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]