०२ आश्विन २०८१, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, मंसिर २६, २०७७

सप्तरी – मोरङमा २१ वर्षीया युवतीको बलात्कार गरेका अभियुक्तसँगै मिलेर घटनाको मिलापत्र गराउने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले मोरङ धनपालथान गाउँपालिका वडा नम्बर ५ बस्ने ६५ वर्षीय धनेशु खवास, ५३ वर्षीय सुधार सिंह खवास, ६२ वर्षीय मागन खवास, ६२ वर्षीय कलकनु खवास, रंगेली नगरपालिका वडा नम्वर १ बस्ने ६७ वर्षीय जगत नारायण खवास र बेलबारी नगरपालिका वडा नम्वर ८ बस्ने ५३ वर्षीय मथालु खवासलाई बिहिबार नियन्त्रणमा लिएको हो।गत भदौ २४ गते मोरङको धनपालथान गाउँपालिका वडा नम्वर ५ स्थित सुरेश खवासको धान खेतमा मल छर्ने क्रममा खवासले २१ वर्षिया युवतीलाई लाई एक्लै पारी जवरजस्ती करणी गरेको प्रहरीको अनुसन्धानमा देखिएको थियो। गत असोज २५ गते ईलाका प्रहरी कार्यालय रंगेलीमा पीडितले जाहेरी दरखास्त दिएपछि फरार रहेका अभियुक्त खवासलाई मंसिर १९ गते नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको थियो।अनुसन्धानको क्रममा उनीहरुले गाउँमा नै पीडित परिवारलाई ५ लाख दिई मिलापत्र गराएको खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले जानकारी दिए। त्यसपछि मिलापत्र गराउने सबैलाई प्रहरीले नियन्त्रणमा लिएको हो।बलात्कारका घटनामा मिलापत्र गराउने प्रचलनलाई निस्तेज पार्नेगरी अपराध संहित २०७४ को कार्यविधिमा संशोधन गरिसकेको छ।

नयाँ व्यवस्था अनुसार मिलापत्र गराएको पाइएमा मिलापत्र गराउने व्यक्तिलाई ६ महिनादेखि ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना गरिनेछ। मिलापत्र गराउने व्यक्ति जनप्रतिनिधि अथवा सार्वजनिक पद धारण गरेको व्यक्ति भए थप ६ महिना कैदको व्यवस्था गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]