०२ आश्विन २०८१, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, मंसिर २६, २०७७

सप्तरी – चोरी, तस्करी र अबैध हतिहारको कारोवार, हत्या र अपहरणजस्ता अपराधिक क्रियाकलाप भइरहने सीमावर्ती क्षेत्र सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिकाको उल्टी भन्ने स्थानमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) को स्थापना गरिएको छ । सरकारको स्वामित्वमा रहेको ७ कठ्ठा जमिनमा पक्की भवन निर्माण सम्पन्न गरी विओपीको स्थापना गरिएको हो ।

सरकारले सीमा क्षेत्रको शान्ति सुरक्षा मजबुत बनाउने उदेश्यले स्थापना गरेको बिओपी कार्यालयको उद्घाटन सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले उद्घाटन गरेका छन् । बोर्डर आउट पोष्ट उद्घाटन गर्दै पौडेलले सरकारको नीति अनुसार सीमाक्षेत्रको सुरक्षा व्यबस्था मजबुत बनाइ चोरी तस्करी, अबैध हतियारको कारोवार बन्द गर्ने र सीमा क्षेत्रको संरक्षण गर्न बिओपीको स्थापना गरिएको बताए ।उनले सशस्त्र प्रहरीलाई आर्थिक प्रलोभनमा नपरी नेपाली भूमिको रक्षा र सीमा क्षेत्रका वासिन्दाको भरपर्दो शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन मातहतका सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् । उल्टीमा बोर्डर आउट पोष्ट स्थापना भएसंगै सशस्त्र प्रहरीले सीमा क्षेत्रमा दैनिक गस्ती र निगरानी बढाएको सशस्त्र प्रहरी गण ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक माधवप्रसाद पौडेलले बताए । उनले सुनसरीमा १० औं बोर्डर आउट पोष्ट स्थापना भएसँगै यसक्षेत्रको शान्तिसुरक्षा मजबुत हुने विश्वास व्यक्त गरेका छन् । बोर्डर आउट पोष्ट स्थापनासँगै सुनसरीमा हुने चोरी तस्करी, अवैध हतियारको कारोवार, लागुऔषधको कारोवार, अत्या अपहरण जस्ता जघन्य अपराधिक गतिविधि नियन्त्रणमा थप मद्धत पुग्ने सप्रउ पौडेलको भनाइ छ ।

सरकारको ७ कट्ठा जग्गा क्षेत्रफलमा स्थापना गरिएको बोर्डर आउट पोष्टमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा हतियारसहितका २६ जना सशस्त्र प्रहरी परिचालन गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]