१३ बैशाख २०८२, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, मंसिर २६, २०७७

सप्तरी – बेलायत सरकारले ब्रिटिस आर्मी र सिंगापुर पुलिस फोर्सका निम्ति ७ सय ७० नेपाली युवालाई अन्तिम प्रतिस्पर्धामा बोलाएको छ ।

पोखरामा ब्रिटिस आर्मी भर्ती छनोट इन्टेक–२० मा सफल रेकरुट परेड प्रदर्शन गर्दै । तस्बिर : आर्मी डट एमओडी डट युके ब्रिटिस आर्मी मुख्यालयले वेबसाइट आर्मी डट एमओडी डट युकेमा रेक्रुट इन्टक/आरआई–२०२१ का निम्ति बिहीबार (१० डिसेम्बर) नामावलीसहित बोलाएको हो । त्यसरी बोलाइएका युवाहरूमा मनाङ, मुस्ताङ, डोल्पा, सिरहा, धनुषालगायत ५६ जिल्लाका छन् ।उसले कोरोना भाइरस महामारीका कारण गत वर्ष क्षेत्रीय र अन्तिम चरणको छनोटबाट बाहिरिएकामध्ये सीमित युवालाई मात्र मौका दिएको छ । यो वर्षको छनोट प्रक्रिया नियमित तालिकाभन्दा एक महिना पछाडि धकेलिएको छ । आगामी जनवरी २३ बाट सिंगापुर र फेब्रुअरी २ बाट ब्रिटिस गोर्खाको छनोट हुनेछ । यसअघि जनवरीमै छनोट प्रक्रिया पूरा गरिन्थ्यो ।अन्तिम छनोटका पोखरामा हुनेछ । त्यस निम्ति नेपालको पूर्वी भेगबाट र पश्चिम भेगबाट आधा–आधा संख्यामा प्रतिस्पर्धी छानिएका छन् । अन्तिम प्रतिस्पर्धामा सिंगापुर पुलिस फोर्सका निम्ति २ सय १० जना बोलाइएका छन् । कोरोना भाइरसको स्वास्थ्य प्रोटोकल अपानाएर ३०–३० जनाको समूहमा स्पर्धा गराइने छ । तीमध्ये १ सय ४० जना छनोट हुनेछन् ।ब्रिगेड अफ गोर्खाजका निम्ति देशभरिबाट ५ सय ६० जनालाई प्रतिस्पर्धामा बोलाइएका छन् । जसमा पूर्व क्षेत्रका २ सय ८० र पश्चिम क्षेत्रका २ सय ८० जना छन् । उनीहरूलाई ३२ जनाको समूहमा प्रतिस्पर्धा गराइने छ । अन्तिममा ३ सय ४० जना छनोट हुनेछन् । यो संख्या गत वर्षभन्दा कम हो । गत वर्ष ब्रिटिसमा ४ सय ३२ जना र सिंगापुरमा २ सय २० भर्ती लिइएको थियो ।ब्रिटिस आर्मी मुख्यालयले छनोट प्रक्रियाको माध्यम मेडिकल, एजुकेसनल र इन्टरभ्यु आरआई–२० को जस्तै हुने जनाएको छ । कोरोना भाइरस संक्रमण अवस्थाको आधारमा शारीरिक परीक्षाहरू निर्धारण हुने भनिएको छ । त्यस निम्ति छनोट प्रक्रियामा उच्च प्रदर्शन दिन शारीरिक तथा मानसिक तवरले तन्दुरुस्त रहन सुझाइएको छ । ‘सेलेक्सन आउनु अगाडि तपाईंहरूलाई कोरोना भाइरस संक्रमणबाट जोगिनुहोस्,’ वेबसाइटमा भनिएको छ, ‘हामी तपाईंहरूको आगमनमा पीसीआर टेस्ट लिनेछौं । यदि तपाईंको टेस्ट पोजिटिभ आएमा अथवा तपाईंमा कोरोना भाइरसको लक्षण देखिएमा तपाईं गोर्खा भर्ती छनोट प्रक्रियाबाट स्वत बाहिरिनु हुनेछ ।’काठमाडौंस्थित क्लास रूम एकेडेमीका प्रबन्ध निर्देशक विनोद राईले यो वर्षको छनोट प्रक्रिया छोटो र सहज तुल्याएको बताए । ‘यो पटक डोको क्यारी, जर्किन क्यारी, लिफ्ट एण्ड क्यारी कटौती गरिएका छन्,’ राईले भने, ‘छनोट प्रक्रियामा २ किलोमिटर दौड ८ मिनेट १० सेकेन्डमा पार गर्नु पर्नेछ । हेभिङ (ओभर आर्म) १२ पटक, मिट थाइपुल कम्तिमा ७६ किलो, ४ किलोको मेडिसिन बल थ्रो ३ दशमलव १० मिटर फाल्नु पर्नेछ ।’ त्यसैगरी एजुकेसनमा फ्री–राइटिङ ३० मिनेट, सुनाइ र बोलाइ १५ मिनेट हुनेछ । अन्तिममा अन्तरवार्ता लिइने छ । मेडिकल टेस्ट गत वर्षकै कायम गरिएको जनाइएको छ ।

मुख्यालयले भर्ती छनोटका निम्ति कसैको झुटो आश्वासनको विश्वास नगर्न सचेत तुल्याएको छ । भर्ती हुन सफल युवाले विगतका वर्षझैं पारिवारिक भेटघाट गर्न पाउने छैनन् । टेलिफोन र भिडियो कलमार्फत् कुराकानी गर्न पाउने छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]