सप्तरी – मोरङको कानेपोखरीमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।
लेटाङ नगरपालिका–६ का २८ वर्षीय नगेन्द्र राईको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होममा मृत्यु भएको हो ।लेटाङ–कानेपोखरी सडक खण्ड अन्तर्गत कानेपोखरी गाउँपालिका–७ मा मोटरसाइकल अनियन्त्रित भएर १५ दिनअघि घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।
मंसिर १० गते भएको दुर्घटनामा गम्भीर घाइते भएका राईको बिहीबार राति १०:३५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।