०५ साउन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, मंसिर २६, २०७७

सप्तरी – नवलपुरको कावासोती– ३ अट्ठाइस बिघामा २५ वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको छ । घर निर्माणमा मजदुरी गर्ने ती महिलामाथि २३ मंसिरमा निर्माणाधीन घरका मालिक र सँगै काम गर्ने दुई अन्य मजदुरले सामूहिक बलात्कार गरेका हुन् ।

पीडित महिलाले आफूमाथि बलात्कार भएको भन्दै जिल्ला प्रहरी कार्यालय नवलपुर बुधबारमा उजुरी दिएकी छिन् । पीडित महिलालाई जिल्लाको कावासोती– ३ अट्ठाइस बिघामा बलात्कार भएको सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरीले घटनास्थलबाट बारा पचरौता नगरपालिका– ९ कुडवाका १९ वर्षीय सन्दीपकुमार यादव र १९ वर्षीय शरदप्रसाद यादवलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक मधु सिंहका अनुसार घटनामा संलग्न घरबेटी स्याङ्जा चापाकोट नगरपालिका– ९ साखरका घर भई हाल कावासोती– ३ अट्ठाइस बिघा बस्ने भगवत भट्टराई फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जानएको छ । भट्टराईको घर निर्माणका क्रममा दोस्रो तलाको ढलान सकेपछि तीनजनाले मदिरा सेवन गरेर महिलामाथि बलात्कार गरेका थिए ।

घटनाबारे निर्माण ठेकेदारमार्फत जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थलबाट पीडित महिलाको उद्धार गरेको छ । पक्राउ परेकालाई अहिले हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]