०९ फाल्गुण २०८०, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, मंसिर २६, २०७७

सप्तरी – वीरगंज महानगरपालिकाले विगत दुई वर्षदेखि रोकेको सरकारी स्कूलहरुको दरबन्दी मिलान कार्य यसै महिना सकाउने तयारी गरेको छ।

वीरगंज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले सूचना जारी गर्दै वीरगंज नगरको वरपर भएका प्रावि, निमावि, मावि गरी वीरगंजको नगर क्षेत्रको ३७ वटा सरकारी स्कूललबाट ग्रामीण भेगको ३४ वटा विद्यालयमा शिक्षक पठाउने तयारी गरेको हो।नगर क्षेत्रमा बस्न र काम गर्न सहज भएकोले कम विद्यार्थी भएको विद्यालयमा पनि अत्यधिक शिक्षक दरबन्दी भएको र टाढाका स्कूलमा विद्यार्थीको सङ्ख्या बढी तर शिक्षकको संख्या कम भएकोले महानगरभरको सबै विद्यालयमा प्रभावकारी शिक्षण होस् भन्ने उद्देश्यले महानगरको शिक्षा प्रशासन महाशाखाले यस्तो रणनीति अपनाएको हो। विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी कायम नहुँदा वीरगंज महानगरपालिकाको टाढाको विद्यालयमा शिक्षकहरूले धेरै मिहिनेत गर्नू पर्ने र नगरक्षेत्र आसपासका विद्यालयमा धेरै शिक्षक भएकाले शिक्षकहरूले बढी लिजर घन्टीमा समय बिताउने गरेको अभिभागकहरुको गुनासो थियो।नगर शिक्षा समितिको गत असोज ३० गते तथा नगर कार्यपालिकाको कात्तिक २० गतेको निर्णयअनुसार दरबन्दी मिलान तथा पुनर्वितरण मापदण्डको आधारमा महानगरपालिकाले सात दिने सूचना निकाल्दै दरबन्दी कट्टा हुने स्कूलबाट इच्छुक शिक्षकले दरबन्दी थप हुने स्कूलमा जान शैक्षिक प्रशासनमा निर्देशन दिएको छ। यसरी दरबन्दी कट्टा हुने विद्यालयबाट शिक्षकहरूले दरबन्दी थप हुने विद्यालय रोजेर दिएको निवेदनउपर शिक्षा समितिले निर्णय गर्दै दरबन्दी मिलान गरी शिक्षक पठाउने छ।

वीरगंज महानगरपालिकामा सिद्धार्थ, त्रिजुद्ध, सुरजीदेवी, शारदा मावि सुगौली, भवानीपुर मावि, पन्नालाल माविलगायत ३७ वटा विद्यालयबाट लिपनीबिर्ता, लालपर्सा, बगही, चोर्नी, बेलवा, बसडिलवा, रामवनलगायत क्षेत्रका ३४ विभिन्न स्कूलमा शिक्षक पठाउने महानगरपालिकाको योजना रहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]