सप्तरी -सशस्त्र प्रहरी टोलीले बर्दिया जिल्लाको गुलरिया नगरपालिका ९ टेपरी स्थित सीमा ईलाकाबाट करीब ११ क्यूफिट सगुन तथा ८ क्यूफिट सालको गोलिया काठ बरामद गरेको छ।
बेवारिसे अवस्थामा रहेको उक्त काठ सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३१ गण बर्दियाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो।बरामद काठ डिभिजन वन कार्यालय गुलरियामा बुझाईएको छ।चोरीपैठारीको सामान बरामद कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका ६ चानदेव स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले करीब एक लाख ९० हजार रुपैयाँ बराबरको चोरीपैठारीको हार्डवयरका सामान तथा युरिया मल बरामद गरेको छ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गण कञ्चनपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो। बरामद सामान भन्सार कार्यालय त्रिनगरमा बुझाईएको छ।