१० बैशाख २०८२, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर २५, २०७७

सप्तरी – अमेरिकी उद्योगपति तथा स्पेसएक्स कम्पनीका मालिक एलन मस्कको मंगल ग्रह जाने सपनालाई ठुलो धक्का लागेको छ । स्पेसएक्सको अन्तरिक्ष रकेट बुधबार टेक्ससको तटमा परिक्षण प्रक्षेपणका क्रममा भयानक विस्फोटसँगै ध्वस्त भएको छ । उक्त शक्तिशाली रकेट भविष्यमा मंगलग्रह यात्रामा प्रयोग गर्न सकिने कम्पनीको अपेक्षा थियो ।

विस्फोटका बावजुद पनि स्पेसएक्सले यसलाई सानदार परिक्षण भनेको छ र पुरै स्टारसिप टोलीलाई बधाइ दिएको छ ।टेस्ला गाडी उत्पादन गर्ने कम्पनीका मालिक एलन मस्कले पनि उक्त प्रक्षेपणको केही मिनेटपछि ट्विट गरी भनेका थिए, ‘मंगल ग्रह, हामी आउँदैछौं’ ।यद्यपी पछि उनले रकेटको अवस्थाको जानकारी दिँदै रकेट अत्यन्त तिब्र बेगमा अवतरण भइरहेको कारण यसमा विस्फोट भएको बताए । उनले उक्त रकेटको सफल पक्षको स्मरण गर्दै भने, स्टारसिप रकेटले टकअफ गर्यो र उडानका क्रममा आफ्नो स्थिति परिवर्तन गर्यो र अवतरणका लागि ठीक ठीक प्रक्षेपण पथमा आइसकेको थियो ।एलन मस्कले ट्वीटमा लेखेका छन्, ‘हामी ती सबै आंकडा हासिल गरिसकेका छौं जसको हामीलाई आवश्यक थियो । स्पेसएक्स टोली तपाईहरुलाई बधाई’ । बुधबार प्रक्षेपणमा रकेट सही समयमा उडान भरेको र सिधा माथि गएको थियो । यस क्रममा रकेटको अर्को इन्जिन चल्न थाल्यो । करिब ४ मिनेट ४५ सेकेन्टको उडान पछि रकेटको तेस्रो इन्जिन चल्न थाल्यो र रकेट अत्यन्तै कुसल तरिकाले आफनो अपेक्षित स्थिति तर्फ बढेको थियो ।

स्टारसिपको इन्जिन अवतरणको केही समय पहिला पुन सुरु गरियो ताकी रकेटको गतिलाई सुस्त गर्न सकुन् । तर त्यसतो हुन सकेन र रकेट आगोको गोलामा परिणत भयो । त्यसको लगत्तै रकेट जमिनमा बज्रियो । एलन मस्क प्रकाशको गतिमा चल्ने रकेट बनाउन चाहन्छ ताकी त्यसलाई मंगल ग्रहमा पठाउन सकुन् । यसअघि कयौं पटक यो रकेटको परिक्षण सारिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]