सप्तरी – प्रदेश २ का हिरासत कक्ष र कारागारमा टेलिभिजन उपलब्ध गराइएको छ ।
विश्व मानवअधिकार दिवसको अवसर पारेर प्रदेश २ को मुख्य न्यायाधिवक्ताको कार्यालयले प्रदेशका आठ वटै जिल्ला प्रहरी कार्यालयको हिरासत कक्ष र सप्तरी तथा महोत्तरीको कारागारमा टेलिभजिन सेट उपलब्ध गराएको हो । टेलिभिजन सेटसँगै डिस होमको ३ महिनाको रिजार्च समेत गरिदिएको मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले जानकारी दिए ।