सप्तरी – उदयपुरको लिम्चुङबुङ गाउँपालिका– २ ताम्लिछामा छोरीको कुटाईबाट बुबाको मृत्यु भएको छ । मादक पदार्थ सेबन गरि आएका बाबुले आमालाई हिकाउन थालेपछि छोरीले बुबालाई कुटेकी थिइन् । सोही क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
लिम्चुङबुङ गाउँपालिका– २ ताम्लिछामा ५५ वर्षिय नेत्रबहादुर थापा मगरको २८ वर्षिय छोरी अनिता थापा मगरको कुटाईबाट बुधबार राती ज्यान गएको हो मादक पदार्थ सेवन गरेर नेत्रबहादुरले ५० वर्षिय सुस्मीता राई मगरलाई कुटन थालेपछि गाउँलेले छोरीलाई खबर गरेका थिए । झगडा छुट्याउने क्रममा छोरी अनिताले कुट्दा नेत्र बहादुरको मृत्यु भएको थियो । नेत्रबहादुरको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।कैलाली भन्सारबाट चार महिनामा सवा अर्बको चामल र गहुँ आयात
घटनाबारे थप अनुसन्धानको लागि मृतकका छोरी र श्रीमतिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल गाईघाट ल्याउन लागेको प्रहरीले जनाएको छ ।