०५ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर २५, २०७७

सप्तरी – राष्ट्रिय मानव अधिकार आयोगबाट प्रदान गरिँदै आएको “दयाराम स्मृति मानव अधिकार सम्मान” यस वर्ष मानव अधिकारकर्मी तथा अभियन्ता डा. रेणु अधिकारी र “मानव अधिकार पुरस्कार” पत्रकार तथा मानव अधिकारकर्मी झलक गैरेलाई प्रदान गरिने भएको छ । आयोगले अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा मानव अधिकार सम्मान तथा पुरस्कारको घोषणा गरेको हो ।

सम्मानित हुने डा. रेणु अधिकारी महिला मानव अधिकार रक्षक सञ्जाल (ओरेक) नेपालका संस्थापक तथा लैङ्गिक समानता, लैङ्गिक न्याय र महिला हिंसाको न्यूनीकरणको अभियानमा विगत तीन दशकदेखि निरन्तर कार्य गर्दै आएकी छिन् । यस्तै झलक गैरे नेपालगञ्जस्थित नेपालगञ्ज दैनिकको प्रधान सम्पादक, रेडियो भेरी आवाजका स्टेशन प्रमुख, नेपाल पत्रकार महासंघको पूर्व केन्द्रीय सदस्य÷प्रदेश संयोजक छन् । गैरेले पत्रकारिताको माध्यमबाट मानव अधिकारको संरक्षण र सम्वद्र्धनमा महत्वपूर्ण योगदान पु-याउँदै आएका छन् ।

मानव अधिकारको क्षेत्रमा उनीहरुले पु-याएको योगदानलाई उच्च सम्मानका साथ आगामि दिनमा समेत मानव अधिकारको क्षेत्रमा थप योगदान पु-याउने विश्वास आयोगले लिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]