३१ भाद्र २०८१, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर २५, २०७७

सप्तरी – कास्की जिल्लामा हाल झण्डै ४ हजार जना कोरोना भाइरसका सक्रिय संक्रमित छन् । गण्डकी प्रदेशका ११ जिल्लामध्ये करीब ७२ प्रतिशत संक्रमित कास्कीमै छन् ।

कोरोना संक्रमण दर कायमै छ, घटेको छैन । प्रदेशमा १२ हजार ९७६ संक्रमितमध्ये सक्रिय संक्रमित ५ हजार २३९ जना छन् ।गत २४ घण्टामा पनि कास्कीमा ६९ जना संक्रमित थपिए । पछिल्लो तथ्यांक हेर्दा जिल्लामा कूल ५ हजार ७१७ जना संक्रमित पुगेकोमा सक्रिय संक्रमित ३ हजार ७३७ छन् । निको हुने १ हजार ८८३ जना छन् । कोरोना संक्रमणको जोखिमबीच कास्कीमा विद्यालय सञ्चालनको तयारी थालिएको छ । कोरोना भाइरस महामारीका कारण गत चैतदेखि कास्कीका विद्यालय पनि बन्द भएका हुन् ।पोखरा महानगरपालिकाले विद्यालय सञ्चालन सम्बन्धी ढाँचा तयार गरेपछि सरकारी तथा निजी विद्यालयहरू खुलाउने तयारी भएको छ । महानगर शिक्षा महाशाखाले तोकेको मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गर्न थालेको महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले जानकारी दिए ।

महाशाखाबाट जारी स्वास्थ्य सम्बन्धी मापदण्ड, विद्यालय सञ्चालन कार्यढाँचा–२०७७ मा उल्लेखित मापदण्डसहित पछिल्लो मोडालिटीअनुरूप प्रत्येक विद्यालयले अनिवार्यरूपमा विद्यालय सञ्चालन कार्ययोजना बनाइ महाशाखामा पेश गर्ने शर्तमा विद्यालय नियमित रूपमा सञ्चालन गर्न भनिएको छ ।महानगरमा केही दिनअघि सर्वदलीय बैठक समेत बसेको थियो । पढाइ सञ्चालनसम्बन्धी कार्ययोजना पुस १ गतेभित्रै पेश गर्न भनिएको आचार्यले बताए ।महाशाखा प्रमुख आचार्यका अनुसार कोभिड–१९ को जोखिम न्यून रहेका, विद्यार्थी संख्या न्यून भएका, विद्यालयको सेवा क्षेत्रभित्र बसोबास गरेका र विद्यालयको भौतिक अवस्थाले भौतिक दूरी कायम गर्न सक्ने भएमा सम्बन्धित वडा कार्यालयमा विद्यालय सञ्चालन सम्बन्धी कार्ययोजना पेश गरी नियमित रूपमा विद्यालयमै पढाइ सञ्चालनको तयारी थालिएको छ ।महानगरद्वारा विद्यालयले भौतिक अवस्था र विद्यार्थी संख्याको आधारमा विद्यार्थीलाई एकै सिफ्ट वा फरक–फरक सिफ्ट बनाइ कक्षा सञ्चालन गर्न सक्ने, भौतिक दूरी कायम गर्दा सबै कक्षा एउटै समयमा सञ्चालन गर्न सम्भव नभए फरक दिनमा फरक कक्षा कोठामा पढाउने, एउटा सिफ्टमा दैनिक अधिकतम् ४ घण्टा मात्र कक्षा सञ्चालन गर्ने भनिएको छ ।

यसो गर्दा कोभिड–१९ स्वास्थ्यसम्बन्धी मापदण्ड अनिवार्य पालना गर्नुपर्ने शर्त मापदण्ड तोकिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]