०५ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर २५, २०७७

सप्तरी – एकाधिकार कायम गरेको भन्दै अमेरिकाका ४८ वटा राज्यले फेसबुकविरूद्ध मुद्दा दायर गरेका छन् ।

फेसबुकले गैरकानूनीरूपमा प्रतिस्पर्धीहरूलाई किन्ने तथा दबाउने काम गरेको सङ्घीय नियामकहरू र ४८ वटा राज्यका अभियोजनकर्ताहरूके आरोप छ ।कुनै पनि सामाजिक सञ्जाल कम्पनीविरूद्ध अमेरिकी सरकारले लिएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो कदम भएको बीबीसीले जनाएको छ ।फेसबुकले आफ्नो एकाधिकार लाद्न अर्बौँमा प्रयोगकर्ता रहेका इन्स्टाग्राम र ह्वाट्सएपमा समेत लगानी गरेको अभियोजनकर्ताहरूको दाबी छ ।४८ वटा राज्यले लगाएको उक्त मुद्दाको नेतृत्व गरेकी न्यूयोर्ककी महान्यायाधिवक्ताले एक दशकसम्म प्रतिस्पर्धीहरूलाई चुप लगाउन फेसबुकले साना कम्पनीहरू पनि आफ्नै नियन्त्रणमा लिएको दाबी गरेकी छन् ।फेसबुकले सन् २०१२ मा इन्स्टाग्राम र सन् २०१४ मा ह्वाट्सएप किनेको थियो । फेसबुकको एकाधिकार हटाउन इन्स्टाग्राम र ह्वाट्सएपबाट उसको लगानी झिक्न पर्ने माग दाबी गरिएको छ ।

तर, फेसबुकले भने अहिले अनुसन्धान गर्न खोजिएका सम्झौता नियामकहरूले वर्षौँअघि स्वीकृत गरिसकेको प्रष्ट्याएको छ ।फेसबुककी बरिष्ठ कानुनी सल्लाहकार जेनिफर न्यूजस्टिडले अमेरिकी व्यावसायलाई कुनै पनि विक्री अन्तिम होइन भन्ने डरलाग्दो चेतावनी दिन सरकार उद्धत भएको आरोप लगाएकी छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]