सप्तरी – रुपनी गाउँपालिका-५ औधोगिक क्षेत्र नजिकै ट्रयाक्टर र माेटरसाईकल ठाेकिदा माेटर साईकल चालक काे मृत्यु भएकाे हाे ।
ना.४ त ८२३९ नम्बरको ट्रयाक्टर र अन टेष्ट मोटरसाइकल एकआपसमा ठोकिदा मोटरसाइकल चालक सोही गाउँपालिका-१ रायपुर बस्ने बिजलि यादबकाे छाेरा ३२ वर्षीय छोटे लाल यादव (छाेटु)को मंगलबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रयाक्टर र ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।