०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, मंसिर २४, २०७७

सप्तरी – : सीमा सुरक्षामा खटिएका सीमा सशस्त्र प्रहरीले १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी प्रयास गरेका छन्। गत आइतबार राति साढे ९ बजे घरमा सुत्ने तयारीमा रहेकी बालिकालाई घरभित्रै छिरेर जबर्जस्ती करणीको प्रयास गरेका हुन्।

सशस्त्र प्रहरीको कुन्जिबारी बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) अन्तर्गत गौरीगन्ज गाउँपालिका–२, कोरोबारीमा रहेको सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी सहायक निरीक्षक सूर्य कटुवालले बालिकालाई जबर्जस्ती गर्ने प्रयास गरेको पीडित परिवारले जनाएको छ।बालिकाकी आमाका अनुसार सुत्ने तरखरमा रहेकी बालिका एक्कासी चिच्याएपछि उनकी आमा आमा तत्काल आइपुगेकी थिइन्। आमाले बालिकालाई जबरजस्ती करणी गर्ने प्रयासमा रहेका कटुवाललाई बाहिर तानेकी थिइन्। बालीकाकी आमाको हात हुत्याएर कटुवाल भागेका थिए। पीडित बालिकाका बाबु र ४ छोराछोरी छिमेकीकोमा टिभि हेर्न गएको मौकामा मादक पदार्थ सेवन गरेर कटुवाल बालिकाको घरमा छिरेका थिए। घरमा बालिका र उनकी आमा मात्र थिए। अति विपन्न परिवार रहेको बालिकाको घर र सशस्त्र प्रहरीको बिओपीको करिब ५ मिनेटको बाटोमा छ।

कोरोबारी प्रहरी चौकीमा पीडित परिवार उजुरी गर्न जाँदा प्रहरीले निवेदन दर्ता गर्न नमानी फर्काएको बालिकाका परिवारले बताएका छन्। यता कटुवाललाई सशस्त्र प्रहरी बल २ नम्बर गण हेडक्वार्टर तानिएको झापाका प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेले जानकारी दिए। पाण्डेले भने, ‘स्पष्टीकरण पनि सोधिरहेका छौँ। आन्तरिक अनुसन्धान पनि भइरहेको छ। दोषी देखिए कानुन बमोजिम कारबाही हुन्छ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]