२० मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, मंसिर २४, २०७७

सप्तरी – गत चैतदेखि बन्द भएको सदर चिडियाखाना भोलि (बिहीबार)देखि खुल्ने भएको छ । तर कोरोना महामारीका कारण पहिले जस्तो चिडियाखानामा खुल्ला तरिकाले घुम्न भने पाइने छैन ।

कोरोना भाइरसको महामारीका कारण बन्द भएको चिडियाखाना ९ महिनापछि खुल्दा बढीमा एकदेखि डेढ घण्टाभित्र चिडियाखानाबाट निस्कनुपर्ने नियम बनाइएको छ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले निर्णय गरेपछि बिहीबारदेखि स्वास्थ्य मापदण्ड पालना गरेर चिडियाखाना खोल्न लागेको चिडियाखाना व्यवस्थापन प्रमुख डा. चिरञ्जीवी पोखरेलले जानकारी दिए ।पोखरेलका अनुसार कोरोना महामारीमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनुपर्ने हुनाले अवलोकनकर्तालाई पहिले भन्दा कडाइ महसुस हुन सक्छ । ‘हामीले सकेसम्म भिडभाड नहुने र सुरक्षित हिसाबले चिडियाखानाको अवलोकन गर्ने व्यवस्था मिलाएका छौं, त्यसले गर्दा पहिलेभन्दा चिडियाखानाभित्र केही कडाइ पनि हुन्छ’ पोखरेलले अनलाइनखबरसँग भने ।चिडियाखाना प्रवेशमा लाग्ने शुल्कमा कुनै परिवर्तन गरिएको छैन । एकपटकमा ८०० जनालाई मात्रै अवलोकनको लागि भित्र प्रवेश दिइनेछ । भित्र जानेको संख्याजस्तै बाहिर निस्कनेको संख्या पनि गणना गरिनेछ । जतिजना बाहिर निस्कन्छन् सोही बराबरको संख्यामा नयाँ अवलोकनकर्तालाई प्रवेश दिइनेछ ।

‘हामीले चिडियाखानाभित्र ८०० जनाभन्दा धेरै अवलोकनकर्ता नहुने व्यवस्था मिलाएका छौं, पहिलो लटमा ८०० जनालाई प्रवेश दिन्छौं, त्यसपछि जतिजना बाहिर निस्कन्छन् त्यति संख्यामा प्रवेश पनि दिने तयारी गरिएको छ’ पोखरेल भन्छन् ।अब चिडियाखानाभित्र जाँदा बाहिरबाट खाना लैजान पाइँदैन । आफूलाई खान र वन्यजन्तुको लागि बाहिरबाट खाना लैजान कडाइ गरिएको चिडियाखाना व्यवस्थापनले जनाएको छ । साथमा प्रवेश गर्नुपूर्व मास्क अनिवार्य र स्यानिटाइजर अनिवार्य गरिएको छ भने तापक्रम नापेर मात्रै भित्र प्रवेश दिइने भएको छ ।

बुधबारदेखि नै अग्रिम टिकटको व्यवस्था
अब चिडियाखाना जाँदा पहिलेजस्तो टिकट काट्नको लागि लाइन बस्नुपर्दैन । पोखरेलका अनुसार चिडियाखाना जानको लागि बुधबारदेखि नै अग्रिम अनलाइन टिकट काट्न सकिने व्यवस्था गरिएको छ । चिडियाखानाको वेवसाइट वा इसेवामार्फत् टिकट काट्न सकिने व्यवस्था मिलाइएको पोखरेल बताउँछन् ।यसअघि मंसिरको पहिलो साता चिडियाखाना खोल्नको लागि प्रस्ताव गरिएको भए पनि सीसीएमसीको निर्णय नआउँदा अहिलेसम्म चिडियाखाना खुलेको थिएन ।
चिडियाखाना व्यवस्थापनले यसअघि नै मास्क अनिवार्य ल्याउनुपर्ने, एक पटकमा ८०० जनासम्मलाई मात्र अवलोकन गर्न दिने, चिडियाखानाभित्र बसेर खान र जीव जनावरलाई खाना खुवाउन, छुन नपाउने, एक व्यक्ति बढीमा डेढ घण्टा मात्र बस्न पाउने, बालबालिकालाई खेलाउन नपाउनेजस्ता मापदण्ड तयार पारेर चिडियाखाना खोल्न प्रस्ताव गरेको थियो ।

सोही मापदण्डलाई सीसीएमसीले स्वीकृत गरेसँगै व्यवस्थापनलाई चिडियाखाना खोल्न बाटो खुलेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]