२३ आश्विन २०८१, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, मंसिर २४, २०७७

सप्तरी – विराटनगर महानगर पालिकाको ६ र ११ जोड्ने केशलीया मार्गको सडक बनाउनुपर्ने भन्दै स्थानीय धर्नामा बसेका छन् ।

लामो समयदेखि सडक बनाउने भन्दै सडकको दुवैतर्फ विराटनगर महानगरपालिकाले सडकपेटी खाली गराएर अलपत्र छाड्दा दिनादिन जोखिम बढ्दै गएको भन्दै स्थानीय अगुवाहरु धर्नामा बसेका हुन् ।सुनसरीको दक्षिण सिमावर्ती ग्रामिण वस्तीको विराटनगर जोड्ने प्रमुख सडक खण्डको रुपमा रहेको सो सडक खण्डमा निर्माण राज्यले चासो नदिएको भन्दै धर्नामा बसेको उनीहरुले बताएका छन् ।यत्रतत्र, केश्लिया मार्ग अलपत्र भन्दै स्थानीयहरु नारा लगाउँदै प्रदर्शन गरेका छन् । नगरपालिकाको पहलमा केही मर्मत भएपनि त्यसपछि सडक निर्माणको लागि ५ वर्षदेखि कुनै पहल नगरिएकाले धर्नामा बसेको वडा नम्बर ६ का वडा अध्यक्ष संतोष साहले बताए । सडक निर्माण नहुँदा दिनादिन दुघर्टना हुने भएकाले स्थानीयले तत्काल बनाउन दवाव दिन धर्नामा बसेको उनले बताए । देशमा तीन तहको सरकार भएता पनि कोशलीया मार्ग बनाउन कसैले चासो नदिएकाले व्यापार समेत चौपट भएको स्थानीय व्यापारी प्रदिप कर्णले बताए । गाउँ गाउँ मै स्थानीय सरकार भएपनि लामो सयमदेखि सडक निर्माण नहुँदा स्थानीयले सास्ती खेप्दै आएको स्थानीय गणेश साहले बताए।

सुरुमा हुलाकी राजमार्गमा परेको भन्दै महानगरपालिकाले वेवास्ता गर्दे आएको स्थानीयहरु आरोप लगाएका छन् । सबैतिर सडक निर्माणको काम सम्पन गर्ने महानगरपालिकाले सुनसरीको दक्षिण भेगलाई विराटनगर सम्म जोड्ने सडकलाई वेवास्ता गर्ने महानगरपालिकाको नीति गलत रहेको स्थानीय मुकेश कुमार साहले आरोप लगाए । स्थानीयहरु सडक निर्माणको माग गर्दे सो सडकखण्डको प्रवेशद्वार भट्टी मोडमा ठूलो संख्यमा धर्नामा बसेका छन् । उता विराटनगर महानगरपालिका अन्तर्गत क्षेत्रीय शहरी विकास परियोजनाले सो सडकखण्डसँगै बरगाछीदेखि पानीटंकीसम्म तीन करोडभन्दा बढी खर्चेर सडक कालोपत्रे गर्ने तयारी गरेको जनाएको छ । परियोजना व्यवस्थापक भरत न्यापानेले एसियाली विकास बैंकको प्राथमिकतामा नपरेको विराटनगरको बरगाछीदेखि पानीटंकीसम्म र केशलिया मार्गदेखि ब्रहमपुराको नहरसम्म कालोपत्रे गर्ने सम्झौता भएर काम सुरु गर्ने तयारी भएको उनले जनाए सो सडक खण्डको केशलिया नहरसम्म ९ मिटर सडक खण्डको कालोपत्रे गर्ने काम बढीमा १० दिनमा सुरु हुने उनले बताए । उनले भने, ‘दुवै मार्गको ढल र नालाको कामलार्ई यथावत राख्दै सडक मर्मत र कालोपत्रेको काम सूरु हुने छ ।’सुनसरीको साहेवगन्ज, देवाजगंज, भुटहा, हरिनगरा लगायतका दर्जेनौं गाउँलाई प्रदेश १ को राजधानी विराटनगरसम्म जोडन् सो मार्ग नै प्रमुख रहेको छ । सो मार्ग हुँदै दैनिम प्रदेश राजधानी विराटनगर दैनिक एक लाखको हराहरीमा आवतजावत गर्ने गरेको बताइएको छ ।

यता हुलाकी मार्ग अन्तर्गतको सप्तरी – झापा खण्ड हेर्ने आयोजना प्रमुख दिपेन्द्र पाण्डेले विराटनगरको भट्टी मार्गदेखि तीन किलो पश्चिमबाट मात्र आयोजना काम अघि बनाउने जानकारी दिए। उनले भने, ‘ ६लेन सडक खण्डको तीन किलो मिटर पश्चिमसम्म विराटनगर महानगरपालिकालको परियोजनाले काम गर्ने छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]