११ माघ २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, मंसिर २४, २०७७

सप्तरी – कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी शुक्लागण्डकी नगरपालिका–११ बस्ने ४९ वर्षीय टोप बहादुर चन्द ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ ।

तनहुँ साबिक राईपुर गाविस–४ बस्ने भिम बहादुर परियारको हत्या गरेको कर्तव्य ज्यान मुद्दामा उच्च अदालत पोखराको २०७४ असार १९ गतेको १० वर्ष कैद हुने फैसलालाई सर्वोच्च अदालत काठमाडौंको २०७५ कात्तिक १३ गतेको फैसलाले सदर गरेको थियो । तर ठकुरी फरार थिए ।उनलाई ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिकास्थित होटलमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यस्तै सोही मुद्दामा ५० रुपैयाँ जरिवाना ठहर भई भुक्तान नगरी हालसम्म फरार रहेका तनहुँ शुक्लागण्डकी नगरपालिका ११ बस्ने ११ जनालाई समेत जरिवाना भुक्तानको लागि जिल्ला अदालत तनहुँमा उपस्थित गराइएको तथा ठकुरीलाई उक्त अदालतको आदेशले कैद सजाय भुक्तानका लागि कारागार कार्यालय तनहुँ पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]