१३ बैशाख २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, मंसिर २४, २०७७

सप्तरी – बारा जिल्लामा हत्याका अभियोगी ६ जनालाई जिल्ला अदालतले पुर्पक्षका लागी जेलचालानको आदेश दिएको छ ।

बारागढी गाँउपालिका–५ सिंघासनीका गोबिन्द साहको हत्याका अभियोगी ६ जनालाई जिल्ला न्यायधिश प्रकाश पंडितको ईजलासले जेलचालानको आदेश दिएको हो ।पुर्पक्षका लागी जेलचालान हुनेहरुमा बारागढी गाँउपालिका वडा ५ का हिरालाल साह,नगिना साह, राजिन्द्र साह, सुरेन्द्र साह, कामेश्वर चौधरी र राजन महतो रहेको सरकारी वकिल कार्यालय बाराका सुब्बा सुलेमान अंसारीले जानकारी दिएका छन् । पीडितकोतर्फबाट जिल्ला न्यायाधिवक्ता महेन्द्र थापाले बहस गरेका थिए प्रतिबादी सबै ६ जना गत कार्तिक २७ गते जिल्ला प्रहरी कार्यालय बारामा हाजिर भएका थिए । हाजिर भएपछी प्रहरीले आवशयक अनुसंधान पछी मिसिल सहीत उनीहरुलाई जिल्ला अदादलतमा कार्वाहीका लागी पेस गरीएको बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राले जानकारी दिएका छन ।२०७६ जेठ ९ गते रौतहट बाट एउटा जन्ती बारागढी गाँउपालिका वडा ५ सिंघासनी गाँउमा गएको थियो । सोहीराती जन्तीहेर्न गएका गोबिन्द साह भोलीपल्ट गाँउनजिकै बाटोछेउमा मृत अवस्थामा फेला परेका थिए।

घटनापछि मृतकका आफन्तले कारागार चालान भएका सबै ६ जनाविरुद्ध कर्तब्य ज्यान मुद्धा दर्ता गरेका थिए । मुद्दापछि आरोपी सबैजना फरार रहेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]