सप्तरी – नवलपरासी ( पश्चिम ) प्रहरीले पिकअप जिपसहित १० लाखभन्दा बढी मूल्य बराबरको अवैध सामग्री पक्राउ गरेको छ ।
तस्करीमा संलग्न जिपसहित अन्दाजी १० लाख ५१ हजार मूल्य बराबरको अवैध मालसमान पक्राउ गरि आवश्यक कारवाहीकालागि महेशपुर भन्सार कार्यालयमा बुझाईएको बुधवार त्यहाँका प्रहरी प्रबक्ता डिएसपी राजु लामाले जानकारी दिए ।उनका अनुसार भारतबाट भन्सार छली गरि ३ लाख १३ हजार २ सय मुल्य बराबरको दुई बोरामा राखिएको ५ सय २२ थान छालाको पेटी –(बेल्ट ) बरामद गरिएको हो ।
त्यस्तै, भारतबाट अवैध रुपमा नेपालतर्फ आउँदै गरेको लु १ च ६४१३ नम्वरको पिकअप जिपमा सय वटा दुई क्वीन्टल बोईलर कुखरा प्रहरी चौकी रामनगरबाट खटिएको प्रहरीले सुस्ता गाउँपालिका –५, टुटहवा पुलबाट नियन्त्रणमा लिएको थियो ।