०२ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, मंसिर २४, २०७७

सप्तरी – ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले गाउँ-गाउँमा यातायात पुर्‍याउने अस्थायी काठे पुल निर्माण गरेको छ ।

ग्रामीण क्षेत्रमा कच्ची सडक रहे पनि नदी तथा खोलामा पुल नहुँदा विकल्पका रूपमा काठेपुल निर्माण गरिन लागेको हो । पुल निर्माणले गाउँ-गाउँमा यातायात सेवाको पहुँच पुग्ने गाउँपालिकाको विश्वास छ । गाउँपालिकाले तमोर नदीमा ४ वटा अस्थायी काठे मोटरेबल पुल निर्माण गरी गाउँ-गाउँमा यातायात सेवाको पहुँच पुर्‍याएको छ । फक्ताङलुङका तमोर नदीको २ वटा किनारमा पर्छ ।गाउँपालिकाको वडा- १ सावादिन, वडा- २ खेजेनिम, वडा- ४ इखाबु र वडा- ६ लेलेप तमोर नदीको दायाँ भागमा पर्छ । त्यस्तै, वडा- ३ लिङखिम, वडा- ५ तापेथोक र वडा-६ लेलेपका सेकाथुम र अन्य गाउँ तमोर नदीको बायाँ किनारामा पछद् ।स्थानीयलाई एक गाउँबाट अर्को गाउँ आउजाउ गर्न तमोर नदी तर्नैपर्छ । अहिले प्रायः सबै वडा सडक सञ्जालले जोडिएको छ । पक्की मोटरेबल पुल निर्माण सम्पन्न नहुन्जेल गाउँपालिकाले ३ वर्षदेखि अस्थायी काठेपुल निर्माण गर्दै आएको छ ।अस्थायी काठेपुलबाट गाउँपालिकाको वडा-वडा र गाउँ-गाउँसम्म गाडी गुड्न थालेका छन् । तमोर नदीको ४ ठाउँमा अस्थायी मोटरेबल काठेपुल निर्माण गरेर स्थानीयलाई यातायातको पहुँच पुर्‍याएको गाउँपालिकाले यो वर्ष वडा- १ सावादिन र वडा- ३ लिखिम जोड्न तमोर नदीमा ३ लाख ७५ हजार रुपैयाँको लागतमा अस्थायी काठेपुल निर्माण गरेको छ ।पुल निर्माणसँगै त्यस क्षेत्रका ९ सय १ घरपरिवारले यातायातको सुविधा प्रयोग गर्न पाएका छन् । यसैगरी गाउँपालिकादेखि छिरुवा बजार र वडा- ४ इखाबु गाउँ जोड्न तमोर नदीमा ३ लाख ७५ हजारको लागतमा अर्को अस्थायी काठे मोटरेबल पुल निर्माण भएको छ ।पुल निर्माणसँगै सो क्षेत्रका ४ सय २२ घरपरिवार प्रत्यक्ष लाभान्वित भएको गाउँपालिका अध्यक्ष सरोज एभेङ लिम्बूले जानकारी दिए । ‘गाउँपालिकाको केन्द्र तापेथोकदेखि वडा- ६ लेलेपको साँघु जोड्न तमोर नदीमा स्थायी मोटरेबल पुल निर्माण भएको छ । यो पुल सञ्चालनमा आएपछि त्यस भेगका करिब ३ सय घरपरिवारले यातायात सेवाबाट लाभ लिएका छन्’, अध्यक्ष लिम्बूले भने ।तापेथोक र लेलेप जोड्ने रानी पुलमा बनेको अस्थायी काठे मोटरेबल पुल सञ्चालनमा आएपछि लेलेप, लुङथुङ, सेकाथुम, फले, ग्याब्ला, घुन्सा र ओलाङचुङगोलाका करिब २ सय ९९ घरपरिवारले सहज रूपमा यातायात सेवा लिएको गाउँपालिकाले जनाएको छ ।

स्थानीयको आउजाउ सहज बनाउन अस्थायी काठे मोटरेबल पुल निर्माण गरिएको गाउँपालिका अध्यक्ष लिम्बूले बताए । हिउँदयाममा बनाइएका यी अस्थायी काठे मोटरेबल पुल वर्षायाममा खोला तथा नदीमा बढेको पानीको बहावले बगाएर लैजान्छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]