१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, मंसिर २४, २०७७

सप्तरी – चर्चित अमेरिकी गायिका तथा नायिका सेलेना गोमेजका लागि सन् २०२० ‘खास’ रह्यो। हालै रिलिज नयाँ एल्बम ‘रेअ’को सफलतापछि उनले आफ्नै मेकअप लाइन ‘रेअर ब्युटी’ सार्वजनिक गरेकी छन्।

अमेरिकी फेसन म्यागजिन कस्मोपोलिटनका अनुसार सेलेनाले लकडाउनको बीचमा एचबीओ च्यालनमा आफ्नै ‘कुकिङ सो’ पनि सुरु गरेकी छन्। यसबाहेक यो वर्ष उनको प्रेम सम्बन्धले पनि नयाँ मोड लिन लागेको खबर छ। हाल सेलेनाको नाम अमेरिकी बास्केटबल खेलाडी जिम्मी बटलरसँग जोडिएको छ। सन् २०१८ मा पप गायक जस्टिन बिबरसँग ब्रेकअपपछि उनी सिंगल थिइन्। यसबीचमा दुई वर्ष उनी आफ्नो व्यवसायमा केन्द्रित रहिन्। अब भने उनी फेरि आफ्नो प्रेम जीवनलाई अघि बढाउने सुरसारमा देखिन्छिन्। सेलेना र जिम्मी एकसाथ समय बिताइरहेका छन्।अझै पनि आफूलाई ‘सिंगल’ बताउँदै आएकी सेलेनाले आफू सम्बन्धमा रहेको, नरहेको केही खुलाएकी छैनन्।

सन् २०१७ मा मिर्गौला प्रत्यारोपणपछि सेलेनाको स्वास्थ्य अवस्था कमजोर थियो। त्यसयता उनले आफ्नो शारीरिक र मानसिक स्वास्थ्यलाई बढी ध्यान दिइरहेकी थिइन्। आहिले जिम्मीसँगको सम्बन्धपछि उनका फ्यानहरू उत्साहित छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]