०३ माघ २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, मंसिर २४, २०७७

सप्तरी – मलेसिया सरकारले अबैधानिक रुपमा बसेका नेपालीसहित आप्रवासी कामदारलाई स्वदेश फर्किने मौका प्रधान गरेको छ । मलेसिया सरकारले त्यहाँ रहेका अबैधानिक कामदारहरुको व्यवस्थापनको लागि रिक्यालीब्रेसन कार्यक्रम घोषणा गरेको छ ।

यस कार्यक्रम अन्तर्गत दुई वटा अवसर रहेको जनाउदै मलेसियास्थित नेपाली दूतावासले पहिलो मलेसियामै वैधानिक रुपले काम गर्ने प्रक्रिया गर्ने र दोश्रो सहुलियत दरको जरिवाना तिरेर मुलुक फर्किने रहेको जनाएको छ ।मलेसियामा कार्यरत नेपाली अबैधानिक (इलिगल) नेपाली कामदारहरुको लागि एक भिडियो सन्देश जारी गर्दै दूतावासले मलेसिया सरकारले दिएको समय सिमाभित्र स्वदेश फर्किन वा बैधानिक तरवरले मलेसियामै काम गर्न वातावरण मिलाउन नेपालीहरुलाई अनुरोध गरेको छ ।सहुलियत दरको जरिवाना तिरी स्वदेश फर्किने नेपाली कामदारहरुले मलेसियाको अध्यागमन बिभागमा गई पाँच सय रिंगेट तिरेर चेक आउट मेमो लिनु पर्ने दूतावासले जनाएको छ ।

यसका लागि राहदानी वा ट्राभल डकुमेन्ट र नेपाल फर्किने टिकट हुनु पर्नेछ । यस अनुसार नेपाल फर्कनको लागि त्यहाँको अध्यागमन बिभागबाट चेक आउट मेमो लिनु पर्नेछ ।सोको लागि अध्यागमन बिभागले बनाएको अनलाइन प्रणाली मार्फत सेवा लिन अग्रिम समय लिनुपर्नेछ । अनलाइन अपोईन्मेन्टबाट यी सम्पूर्ण कामहरु गर्न सकिने दूतावासले जनाएको छ ।

प्रक्रिया सुरु भैसकेकोले आजैबाट सहभागी हुन् दूतावासले अबैधानिक रुपा बसेका नेपालीलाई अनुरोध गरेको छ । मलेसियाले ल्याएको यो कार्यक्रमबाट त्यहाँ अवैध रुपमा बसिरहेका हजारौं नेपाली लाभान्वित हुनेछन । मलेसिया यसघि २०१९ मा पनि ब्याक फर गुड भन्ने कार्यक्रम ल्याएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]