०५ साउन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, मंसिर २४, २०७७

सप्तरी – अमसोत सामुदायिक कृषि सहकारी संस्था लिमिटेड बेल्हाको मंगलबार १६ औं साधारणसभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष सुमित्रा देवी चौधरीको अध्यक्षता तथा अग्निसाईर कृष्णासवरन गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीको प्रमुख आतिथ्यमा एक समारोहका बिच साधारण सभा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले महिलाहरूको सक्रियतामा संचालनमा आएको संस्थाले सामाजिक रुपान्तरणमा टेवा पुगेको बताए । महिला सशक्त नभएसम्म समृद्व समाजको परिकल्पना गर्न सकिदैन, अध्यक्ष चौधरीले भने, महिलाहरूको अगुवाईमा संचालित संस्थाले सामाजिक परिवर्तनमा ठूलो योगदान गरेको छ । समाजको बिकास बिना देशको बिकास नहुने बताउदै अध्यक्ष चौधरी महिलाको क्षमता बिकासमा सहकारीले गरेको कार्यको प्रशंसा गरे । चौधरीले आर्गानिक खेतीतर्फ संस्थाको लगानीमा जोड दिदै प्रमुख अतिथि अध्यक्ष चौधरीले गाउँपालिकाले समेत कृषि आधारित योजनामा लगानी गर्न तत्पर रहेको बताए । कार्यक्रममा समाचारको माध्यमबाट महिला शसक्तिकरण र संस्थाको चौतर्फी बिकासमा सहयोग पुर्‍याएको भन्दै संस्थाले पत्रकार बृजमान तामाङ सहित आध दर्जन ब्याक्तीलाई सम्मान पत्रद्वारा सम्मान गरेको छ । संस्थाको भवन निर्माणको लागि गाउँपालिकाद्वारा सहयोग गरेको भन्दै अध्यक्ष चौधरी, उपाध्यक्ष मिना चौधरी, वडा नम्बर ४ अध्यक्ष तेज नाराण चौधरी लगायतकालाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । अग्निसाईर कृष्णासवरन गाउँपालिका ४ बेल्हा स्थित संस्थाको आफ्नै सभाहलमा आयोजित कार्यक्रममा अध्यक्ष चौधरी, पत्रकार तामाङ, साबिक गाबिस प्रशवनीका अध्यक्ष रामदेव यादव, प्राथमिकता बिधालय बेल्हा तिलेवनाका प्रधानाध्यापक बिन्तिलाल चौधरी, संस्थाका पुर्व सचिव कपिल देव मण्डल, कोषाध्यक्ष पुनिता चौधरी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।

संस्थाका शेयर सदस्य कल्पना चौधरीद्वारा संचालित कार्यक्रमा स्वागत लेखा समिती संयोजक पार्वती चौधरीले गरिन । साधारणसभामा संस्थाका प्रबन्धक रामी यादवद्वारा आर्थिक बर्ष २०७६/०७७ को लेखा परिक्षण प्रतिबेदन सर्वसम्मत पारित गरेको जनाएको छ । यादवद्वारा प्रस्तुत प्रतिबेदन अनुसार एकबर्षको अबधिमा संस्थाले ४ करोड, ५८ लाख, ९२ हजार, ३ सय ३२ रुपैयाँको कारोबार गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]