सप्तरी – मोरङको मिक्लाजुङ गाउँपालिका– १ बर्खेका मदन श्रेष्ठको घरमा सानो किराना पसल छ । उनको पसल नजिकै स्थानीय शिक्षक राजेन्द्र श्रेष्ठको घर छ ।
मंगलबार बिहान राजेन्द्र मदनको पसलमा रिचार्ज किन्न आए । राजेन्द्रलाई एकसय रुपैयाँको रिचार्ज दिएर मदन गाईबस्तु निकाल्न गोठतर्फ लागे ।
गाईबस्तुलाई गोठबाट सारी नसक्दै ६ जनाको समूहले राजेन्द्रलाई लिएर गएको खबर सुने । ‘म बस्तु सार्दै थिएँ । ६ जनाको समूहले उनलाई लिएर गयो भन्ने खबर आयो,’ उनले भने, ‘गाउँलेहरु भेला भएर खोज्न गयौं ।’