सप्तरी – उदयपुरमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका-९ बस्ने ६३ वर्षीय सूर्य पोखरेल रहेका छन् ।
सूर्यले ती बालिकालाई सोही ठाउँ स्थित सिटी हलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।