०५ साउन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, मंसिर २३, २०७७

सप्तरी – कुवेतबाट एक नेपाली महिलाको उद्धार गरिएको छ । गैरआवसिय नेपाली संघ केन्द्र र एनआरएनए कुवेतको संयुक्त सहयोगमा कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेती स्पोन्सरद्वारा अलपत्र पारिएको झापाकी कमला तामाङलाई उद्धार गरिएको हो ।

पीडित तामाङलाई कुवेतबाट नेपाल सम्मको हवाइ टिकट, कुवेतमा गरिएको कोरोनाको पिसिआर परिक्षण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएनएकै स्वयंसेवकले रिसिभ गरी झापा सम्मको बसको टिकटको ब्यबस्था गरी झापा पठाइएको गैरआवसिय नेपाली संघ कुवेतका अध्यक्ष सुजन केसीले जानकारी दिए ।उनलाई प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गरी एनआरएनए कुवेतसम्म ल्याउने सम्पुर्ण महानुभावहरुप्रती गैरआवसिय नेपाली संघ कुवेत हार्दिक धन्यवाद समेत ज्ञापन गरेको अध्यक्ष केसीले बताए ।

साथै कोरोना महामारीका करण कुवेतमा कार्यरत नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई कुनै पनि समस्या भएको भए एनआरएनए कुवेतमा सम्पर्क गर्न अध्यक्ष केसीले अनुरोध गरेका छन् ।

कोरोनाका कारण रोजगारी गुमाएर स्वदेश फर्किन समस्या भए एनआरएन कुवेतमा सम्पर्क गर्न सकिने उनले बताए । नेपाल जनाको लागि हवाई टिकट, पीसीआर परीक्षण, ईलिगल भई समसया परेका लगायतलाई सहयोग गरि काठमाण्डौ बिमान स्थलदेखि घरसम्म पुग्ने खर्च समेत व्यवस्था गरिने उनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]