सप्तरी – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविरोधी प्रदर्शनका विरुद्ध एक हुन आह्वान गर्दै काठमाडौंमा सर्वदलीय बैठक बोलाएकै दिन रौतहटमा राजसंस्था पुनर्स्थापनाकाे माग गर्दै प्रदर्शन गरिएको छ ।
चन्द्रनिगाहपुरमा राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागीहरूले राजसंस्था पुनर्स्थापना गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने, भ्रष्टहरूमाथि कारबाही गर्नुपर्नेलगायतका नारा लगाएका थिए । उनीहरूले पूर्वराजा रानीको तस्बिर अंकित टिसर्ट लगाएर प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनकारीहरूले चन्द्रनिगाहपुरको मुख्य–मुख्य स्थानमा प्रदर्शन गर्दै मुख्य चोकमा आएर सभा सम्पन्न गरेका थिए ।
प्रदर्शनमा जिल्लास्तरीय नेताहरूको सहभागिता रहेकोमा अधिकांश युवा देखिन्थे ।