२९ भाद्र २०८१, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, मंसिर २३, २०७७

सप्तरी – अमेरिकाको सिटिजनशिप एण्ड इमिग्रेसन सर्भिसेजले टेम्पोररी प्रोटेक्टेड स्टाटस (टिपिएस) सुविधाको म्याद थपेको छ । यसअघि भोलि अर्थात डिसेम्बर ९ मा सकिने पूर्वनिर्धारित टिपिएस सुविधाको म्याद २०२१ को अक्टोबर ४ सम्मका लागि थपिएको हो । यो सुविधा टिपिएस सुविधा लिएर अमेरिकामा बस्दै आएका नेपालसहित एल साल्भाडोर, हाइटी, हन्डुरास, निकारागुवा र सुडानका नागरिकको हकमा लागू हुनेछ ।

२०७२ को महाभूकम्पपछि अमेरिकाले नेपालीहरुलाई टिपिएसको सुविधा दिएको थियो । यो सुविधा लिएर अमेरिकामा १५ हजार नेपाली बस्दै आएका छन् । टिपिएस सुविधा खारेज गर्ने ट्रम्प सरकारको निर्णयविरुद्ध नेपालीहरुले अदालतमा दिएको आवेदनमा अमेरिकामा १५ हजार नेपाली टिपिएस सुविधा लिएर बसिरहेको उल्लेख थियो । यो सुविधाबारे विस्तृतमा जान्न चाहनेले अमेरिकाको सिटिजन एण्ड इमिग्रेसन सर्भिसेजको वेबसाइटमा गएर विस्तृत जानकारी लिन सक्नेछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]