१७ मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, मंसिर २३, २०७७

सप्तरी – निर्माण शुरु भएको ८ वर्षपछि जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवन सञ्चालनमा आएको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मंगलबार भवनको उद्घाटन गरेका हुन्।यसअघि २०२४ सालमा निर्माण भएको टर्मिनल भवनबाट सेवा प्रवाह भइरहेको थियो। २०६९ कार्तिकमा १८ करोडको लागतमा निर्माण गर्न तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटीले टर्मिनल भवनको शिलान्यास गरेका थिए। डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी पप्पु एण्ड एनके कन्स्ट्रक्सन तथा नागरिक उड्डयन प्राधिकरणबीच २०६९ असोज १५ मा सम्झौता भएको थियो। प्राविधिक समस्या, रकम अभाव लगायतका कारण देखाउँदै टर्मिनल भवन निर्माण कार्यको पटकपटक समय थप्दै ८ वर्ष पु¥याइएको थियो। निर्माण सम्पन्न हुँदा ४५ करोड रुपैयाँ लागत परेको छ। नयाँ टर्मिनल भवन सञ्चालनमा आएसँगै भीडभाडको समस्या अन्त्य हुने विमानस्थलका वरिष्ठ अधिकृत विकासकुमार झाले बताए। नयाँ टर्मिनल भवनको प्रस्थान कक्षमा २५० यात्रु बस्न सक्ने छन्। टर्मिनल भवनमा स्तनपान कक्ष र धुम्रपान कक्षसमेत बनाइएको छ।
जनकपुरधाम विमानस्थलबाट अहिले दैनिक तीन निजी विमान कम्पनीले सेवा दिंदै आएका छन्। बुद्ध एयरले दैनिक तीन, यति एयरले दुई र श्री एयरलाइन्सले काठमाडौं–जनकपुर दैनिक एक उडान गर्दै आएको छ।

टर्मिनल भवनपछि धावनमार्ग विस्तार गर्ने लक्ष्य रहेको विमानस्थलका प्रमुख किरण गौतमले जानकारी दिए। उनका अनुसार १३ सय मिटरको धावनमार्गलाइ १५ सय मिटर पु¥याउने गरी गृहकार्य भइरहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]