०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, मंसिर २३, २०७७

सप्तरी – कोरोना भाइरस(कोभिड १९) को महामारीको समयमा बैंकले आफ्ना सदस्यलाई ब्याजमा भारी छुट दिएको छ। साधारणसभाको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गर्दै बैंकले ४ करोड २२ लाख २८ हजार २ सय ८२ रुपैयाँ ब्याज छुट दिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले बताए।

बैंकले गत आर्थिक वर्षमा २७ अर्बभन्दा बढी कर्जा प्रवाह गरेको छ। बैंकले आर्थिक वर्ष २०७६/७७ मा कृषि तथा कृषि परियोजना, लघु कर्जा, सहकारी ब्यवस्थापनलगायतमा २७ अर्ब १५ करोड २६ लाख ४७ हजार कर्जा लगानी गरेको हो। बैंकले आफ्ना सदस्यलाई १५ प्रतिशत लाभांश दिने भएको छ।बैंकले १२ हजार ४६ सदस्य संस्थामार्फत २ अर्ब २२ करोड शेयर, ४६ अर्ब ८८ करोड निक्षेप कारोबार गरेको प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले बताए। समयमै किस्ता बुझाउनेलाई ब्याजमा १० प्रतिशत र असार महिनामा कर्जामा २ प्रतिशत सहुलियत प्रदान गरिएको उनले बताए। बैंकले कुल कर्जामध्ये ४२ दशमलव ४८ प्रतिशत किस्ताबन्दी कर्जा प्रवाह गरेको छ। ११ अर्ब ५३ करोड ३७ लाख किस्ताबन्दी, लघुवित्त कर्जामा ५ अर्ब ३० करोड ५८ लाख र कृषि तथा कृषि परियोजना कर्जा ७ करोड ३५ लाख लगानी गरेको छ। त्यस्तै दिगो सहकारी कर्जा ४ अर्ब ४ करोड ६७ लाख र चालु पूँजी कर्जा शीर्षकमा ४ अर्ब २८ करोड १९ लाख लगानी गरेको छ।

घर घरडेरी तथा भवन निर्माण कर्जा अन्तर्गत ८० करोड ४१ लाख र कोभिड चालु पूँजी कर्जा १० करोड २६ लाख लगानी गरेको बैंकका अध्यक्ष केबी उप्रेतीले बताए। बैंकले हायर पर्चेज, मुद्धती रसिदलगायत १४ वटा शीर्षकमा कर्जा प्रवाह गर्दै आएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]