२२ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

मंगलबार, मंसिर २३, २०७७

सप्तरी – भारतमा किसानहरूले सुरु गरेको आन्दोलनले उग्र रुप लिन थालेको छ । कृषि विद्येयकको विरोधमा १३ दिन अघि ‘दिल्ली चलो’ आन्दोलन सुरु भएको थियो । आन्दोलनको थप सशक्त बनाउने क्रममा मंगलबार ११ देखि ३ बजेसम्म चक्काजाम गर्ने घोषणा आन्दोलनकारी किसानले गरेका छन् ।

आन्दोलनमा विभिन्न २० दल तथा पार्टीले पनि समर्थन जनाएका छन् । यद्यपि, किसानहरूले आन्दोलनमा कुनै पनि नेता तथा पार्टीगत झण्डा बोक्न भने दिइएको छैन । आन्दोलनका विभिन्न कार्यक्रम भए पनि एम्बुलेन्सजस्ता आपत्कालिन सेवामा भने हस्तक्षेप भएको छैन ।विभिन्न दल बाहेक आन्दोलनलाई १० ट्रेड युनियनको समर्थन मिलेको छ । भुवनेश्वर रेलवे स्टेशनमा प्रदर्शनकारीहरूले रेल रोकी दिएका छन् । सुरक्षामा तैनाथ रहेका प्रहरीले केही प्रर्दशनकारीहरूलाई रेल ट्रयाकबाट हटाइ हिरासतमा समेत लिएको छ ।

आन्दोलनो कारण भने कृषिका तीन विद्येयकमा भएको संशोधन हो । जसको विरोध विशेषत : हरियाणा, पन्जाब र उत्तर प्रदेशमा अधिक विरोध भएको थियो । विरोध पश्चात पनि भारत केन्द्र सरकाारले उक्त तीन विद्येयकको संशोधन फिर्ता भएन । यससँगै किसानहरू फेरि प्रर्दशनमा उत्रिएका हुन् । अबका लागि किसानहरू भारतको राजधानी नयाँ दिल्ली मै दबाब दिन अघि सरेका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]