सप्तरी – हङकङमा कोरोना भाइरसको जोखिम उच्च रहेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्।
सोमबार यहाँ ७८ नयाँ संक्रमित थपिएका छन्। ७८ मध्ये २९ जनाको कन्ट्याक्ट ट्रेसिङ गर्न सकिएको छैनभने धेरै संक्रमितलाई ‘सुपर स्पे्रडर’को संज्ञा दिइएको छ।आज थपिएका धेरै संक्रमितहरु पछिल्लो समय बार, डिस्को लगायतका भीडभाड हुने क्षेत्रमा गएको उनीहरुले धेरैमा कोरोना फैल्याएको अनुमान गरिएको छ।त्यसमाथि यहाँ दैनिक धेरै मात्रामा कन्ट्याक्ट ट्रेसिङ गर्न नसकिएका संक्रमितहरु वृद्धि हुँदै गएका छन्।साउथ चाइना मर्निङ पोस्टका अनुसार कन्ट्याक्ट ट्रेसिङ गर्न नसकिएका संक्रमितहरु बढ्न थालेपछि यहाँका स्वास्थ्य अधिकारीहरुले कोरोना ‘विस्फोटक’ रुपमा फैलने चेतावनी दिएका छन्।त्यसमाथि अब क्रिसमस पर्व आउन लागेको छ। क्रिसमसका कारण विदेशबाट हङकङ फर्कने मानिसहरु धेरै हुने भएकाले हङकङमा कोरोनाको पाँचौं लहर देखा पर्ने पनि विज्ञहरुले चेतावनी दिएका छन्।हङकङमा अहिले विदेशबाट फर्किने व्यक्तिमा साथै आन्तरिक संक्रमितहरु बढ्न थालेका छन्।
युनिभर्सिटी अफ हङकङका प्राध्यापक युन कोक–युङका अनुसार हङकङमा क्रिसमसमा २० हजार नागरिक विदेशबाट फर्किनेछन्।युरोप अमेरिका लगायतका क्षेत्रबाट विदा मनाउने उनीहरु आउने र उनीहरुमा कोरोना देखिने चेतावनी दिइएको छ।प्राध्यापक कोक–युङ भन्छन्,‘विदामा आउने मानिसहरु बार, रेस्टुरेन्टमा जानेछन् र उनीहरुले कोरोना भाइरस सार्नेछन्।’हङकङका स्वास्थ्य विज्ञ डाक्टर लाउ का–हिन भन्छन्,‘हङकङमा कोरोना महामारीको वर्तमान अवस्था हेर्दा म भन्न सक्दछु, यहाँको अवस्था धेरै गम्भीर बन्दैछ।’पछिल्लो समय तीव्र गतिमा कोरोना फैलँदै गएपछि हङकङमा धेरै मानिस जम्मा गरेर धार्मिक र भ्रमणका कार्य गर्न नपाइने नियम बनाइएको छ साथै भीडभाड हुने गरेर विवाह कार्यक्रम गर्नमा पनि प्रतिबन्ध लागेको छ।यहाँ भीडभाडमा मास्क नलगाउने मानिसले १० हजार हङकङ डलर जरिवाना तिर्नुपर्ने नियम पनि बनाइएको छ।डान्सबार र डिस्कोबाट धेरै कोरोना संक्रमित देखिएपछि हङकङमा हाल त्यस्ता मनोरन्जनात्मक स्थलहरु संचालन गर्नबाट यहाँ बन्चित गरिएको छ भने यहाँका शैक्षिक संस्थाहरु आगामी जनवरीसम्म बन्द गरिने घोषणा गरिएको छ।
आइतबार ७८ नयाँ संक्रमित थपिएसँगै यहाँ ६९ सय ७६ मा कोरोना पुष्टि भइसकेको छ। कोरोना कारण यहाँ ११२ को मृत्यु भएको छ भने ५६ सय २६ कोरोनामुक्त भएका छन्।